६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक



काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आफुलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यसविरुद्ध कानुनी तथा राजनीतिक रूपमा लडाइँ लड्ने बताएका छन्।

लेखकले मन्त्रिपरिषद्को निर्णयका आधारमा व्यक्तिलाई पक्राउ गर्ने अभ्यासले कानुनको उपहास गरेको टिप्पणी गरेका छन्। उनले भने, “मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर पक्राउ गरिएको छ। संसारमा कतै पनि यस्तो हुँदैन। यो राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले गरिएको कदम हो।”

उनले यस घटनाविरुद्ध राजनीतिक र कानुनी दुवै मोर्चाबाट लडाइँ लड्ने स्पष्ट पारेका छन्।

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा भएको घटनामा १७ जना युवाको मृत्यु भएपछि लेखकले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ०२ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध