२४ माघ २०८१, बिहिबार | February 7, 2025

काठमाडौंमा मात्रै थपिए १३७३ नयाँ संक्रमित, जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई दण्डित गरिने



काठमाडौं । काठमाडौंमा आइतबार झन धेरै संक्रमित थपिएका छन् । उपत्यकामा १५ सय ९९ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

काठमाडौंमा मात्रै १३ सय ७३ जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा संक्रमितहरु बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नभएका संक्रमितलाई १० दिनमा पीसीआर गरेर नेगेटिभ आए घर पठाउने निर्णय गरेको छ ।

यस्तै, १० दिनमा पीसीआर गर्दा पोजेटिभ आए अर्को ४ दिन सम्म राखेर १४ दिनपछि परीक्षण नगरी घर पठाउने निर्णय गरेको छ।

यस्तै, जनस्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई दण्डित गर्नेगरी कार्ययोजना बनाउने निर्णय पनि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

यसैगरी प्रवक्ता गौतमले यस वर्षको दशैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेका छन् ।

पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै गौतमले चाडबाडमा विशेष सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

चाडबाड मनाउन काठमाडौंबाट हरेक वर्ष दशौं लाख मानिस घर फर्किन्छन् । तर, काठमाडौं नै अहिले कोरोनाको मुख्य केन्द्र बनेका कारण दशैं मान्न बाहिर गए कोरोना पनि सँगै जिल्ला जिल्लामा थपिने सरकारको चिन्ता रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ३६ बजे

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल