१ पुस २०८२, मंगलबार | December 16, 2025

चिकित्सक संघको चेतावनी, – ७२ घण्टाभित्र डा. केसीसँग वार्ता सुरु गर, अन्यथा कठोर कदम चाल्नेछौं



काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

संघले आइतबार विज्ञप्ति जारी गरी ७२ घण्टाभित्र वार्ता टोली गठन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

महासचिव बद्री रिजालले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।’

चिकित्सक संघले केसीको जीवन रक्षाका लागि यथाशिघ्र वार्ता टोली गठन गरेर संवादको माध्यमबाट सत्याग्रह अन्त्य गर्न माग गरेको छ ।
सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने संघले बताएको छ ।

डा. केसी २१ औंदिनदेखि अनसनमा बसेका छन् । केसीले चिकित्सा शिक्षा सुधार एवं अन्य केही थप माग राख्दै गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए ।

सरकारले भने अहिलेसम्म वार्ताबाट समस्या समाधानका लागि कुनै पहल गरेको छैन ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज