११ श्रावण २०८३, सोमबार | July 27, 2026

चिकित्सक संघको चेतावनी, – ७२ घण्टाभित्र डा. केसीसँग वार्ता सुरु गर, अन्यथा कठोर कदम चाल्नेछौं



काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

संघले आइतबार विज्ञप्ति जारी गरी ७२ घण्टाभित्र वार्ता टोली गठन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

महासचिव बद्री रिजालले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।’

चिकित्सक संघले केसीको जीवन रक्षाका लागि यथाशिघ्र वार्ता टोली गठन गरेर संवादको माध्यमबाट सत्याग्रह अन्त्य गर्न माग गरेको छ ।
सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने संघले बताएको छ ।

डा. केसी २१ औंदिनदेखि अनसनमा बसेका छन् । केसीले चिकित्सा शिक्षा सुधार एवं अन्य केही थप माग राख्दै गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए ।

सरकारले भने अहिलेसम्म वार्ताबाट समस्या समाधानका लागि कुनै पहल गरेको छैन ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ३४ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना