११ श्रावण २०८३, सोमबार | July 27, 2026

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो



काठमाडौं । कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ ।

आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो । प्रवद्र्धक सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले रु तीन अर्ब २५ करोड लगानी गर्न लागेका हुन् ।

बैंक र आयोजनाबीचमा भएको सम्झौताअनुसार ऋण लगानीमा अगुवाई गरेको कुमारी बैंकले रु दुई अर्ब र इन्फ्रास्ट्रक्चर बैंकले रु एक अर्ब २५ करोड लगानी गर्ने भएका हुन् ।

बहुपक्षीय सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रतिनिधि रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरको तर्फबाट भूपेन्द्र पाण्डे तथा प्रवद्र्धक कम्पनीको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका हुन् ।

आयोजनाबाट उत्पादित विद्युत् खरिदसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धकबीच हस्ताक्षरसमेत भइसकेको छ । आगामी मंसिरदेखि निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ । रासस

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : १८ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना