२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रेमप्रसाद कँडेलको नेतृत्वमा बागलुङ समाज जापानको नयाँ कार्यसमिति चयन



जापान । बागलुङ समाज जापानको तेश्रो अधिवेशनले प्रेम प्रसाद कँडेलको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

आईतबार टोकियोमा  सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट  प्रेम आचार्य ,कृष्ण सुवेदी (गंगा), यम कान्त कँडेल, विरोध चालिसे र गुरू प्रसाद सापकोटा उपाध्यक्ष बनेका छन् । त्यस्तै राजु के. सी. महासचिवमा चयन भएका छन् भने सुनिता श्रीस मगर र शोभा के. सी. (गीता) सचिव चयन भएका छन् ।

अधिवेशबाट विष्णु सापकोटा कोषाध्यक्ष, भूपेन्द्र सापकोटा सह-कोषाध्यक्ष, चेतन पौडेल प्रवक्ता,बिना खड्का महिला संयोजक र  बसन्त आचार्य युवा संयोजकमा निर्विरोध चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः सुजन शर्मा, टि. एन. घिमिरे, प्रवेश खत्री, मिना पुन, सुजाता कार्की (राधिका), कृष्ण प्रसाद कँडेल, अर्जुन सुवेदी, अनिल कुमार निर्देश, टेक बहादुर के. सी., प्रकाश कँडेल, दिपक कँडेल (सफल) बसन्त थापा, लक्ष्मी के. सी., गंगा कँडेल, सन्जय छन्त्याल, गोविन्द पौडेल, केशव सुवेदी निर्वाचित भएका छन्।

अधिवेशनले महासचिव कृष्ण सुवेदी (गंगा) को प्रगति प्रतिवेदन र कोषाध्यक्ष यमकान्त कँडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो।

कार्यक्रममा गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए आईसीसी सदस्य ईन्दिरा सुजुकी, एनआरएनए जापानका अध्यक्ष देबीलाल भन्डारी, एनआरएनए जापानको महिला संयोजक संगीता अधिकारी, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, बागलुङ समाजका संस्थापक अध्यक्ष राजबिन थापाले शुभकामना मन्तव्य दिएका थिए ।

यसैगरी संरक्षक तथा बागलुङ समाजका अन्तर्राष्ट्रिय समितिका बेलुकाजी थापा, दिपक सुवेदी, डिपी कँडेल, दिलु खत्री, नरबहादुर थापा, रामकृष्ण बम मल्ल, अनेसास केन्द्रीय सदस्य दीप पाठक, खानागावा कम्युनिटीका अध्यक्ष हरी सापकोटा, प्रवासी नेपाली एकता मञ्चका बाबुराम भन्डारी, जनसम्पर्क समितिका पिताम्बर चापागाईं, बिहुकोट समाजका पूर्व अध्यक्ष देबिलाल सुबेदी,नवलपुर समाजका अध्यक्ष सागर कँडेल, सुदूरपश्चिमेली समाजका पदम ठगुन्ना लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम अध्यक्ष सिद्धार्थ श्रेष्ठको अध्यक्षता,  सह-कोषाध्यक्ष शोभा केसीको स्वागत, उपाध्यक्ष महेन्द्र पीसीको धन्यवाद मन्तव्य तथा सचिव राजु केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : ४७ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार