१२ श्रावण २०८१, शनिबार | July 27, 2024

उपत्यकामा फोहोरमैला व्यवस्थापन कार्यदल गठन



काठमाडौं । काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अगाडि बढाउन महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

महानगरको ५१औँ कार्यपालिका बैठकले वडा नं १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डङ्गोल, वडा ४ का अध्यक्ष मोहन विष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतलाई कार्यदलको सदस्य बनाएको छ । यस्तै सदस्यसचिवमा वातावरण व्यवस्थापन विभागका प्रमुखले काम गर्नुहुने महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले लगानी बोर्डबाट थालनी भएको परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरोकारवालासँग कुरा गर्न, विकासकर्तासँग सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पु¥याउन उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।

फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१औँ बैठकले विकासकर्तासँगको परियोजना विकास सम्झौता स्वीकृत गरेको थियो ।

अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेसन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही विषयमा दुई पक्षका बीचका केही सर्तमा सहमति जुटाउन बाँकी छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान