६ श्रावण २०८३, बुधबार | July 22, 2026

उपत्यकामा फोहोरमैला व्यवस्थापन कार्यदल गठन



काठमाडौं । काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अगाडि बढाउन महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

महानगरको ५१औँ कार्यपालिका बैठकले वडा नं १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डङ्गोल, वडा ४ का अध्यक्ष मोहन विष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतलाई कार्यदलको सदस्य बनाएको छ । यस्तै सदस्यसचिवमा वातावरण व्यवस्थापन विभागका प्रमुखले काम गर्नुहुने महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले लगानी बोर्डबाट थालनी भएको परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरोकारवालासँग कुरा गर्न, विकासकर्तासँग सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पु¥याउन उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।

फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१औँ बैठकले विकासकर्तासँगको परियोजना विकास सम्झौता स्वीकृत गरेको थियो ।

अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेसन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही विषयमा दुई पक्षका बीचका केही सर्तमा सहमति जुटाउन बाँकी छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : ३६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं