८ बैशाख २०८१, शनिबार | April 20, 2024

म्याद सकिएका सामान वेच्ने र्‍याकेटका नाइके प्रविण बंका, जसले झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिए



विश्वव्यापी कोरोना महामारीका कारण देशमा गत चैत्र ११ गतेदेखि लकडाउन लाग्यो । लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय अझै पनि राम्रोसँग तङ्ग्रिन सकेको छैन् । लामो समयसम्म बजार बन्द हुँदा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामाग्री पहिले भन्दा केही बढेकोलाई स्वभाविक मान्न सकिन्छ । तर, लकडाउनको फाइदा उठाउँदै जनस्वास्थ्यमाथि खेडवाड गर्ने आपराधिक प्रवृत्तिका मान्छेहरुले भने तिनै म्याद सकिएका खाद्य सामाग्रीलाई पुनः नयाँ मितिको लेवलिङ गराएर बजारमा पठाउने धन्धा चलाएका छन् । यस्तो धन्दा चलाउनेहरुमा सानातिना मानिस संलग्न छैनन् । अर्बौका कारोवारीहरु छन्, जसले अर्बौ रुपैयाँ यस्तै गलत र्याकेटमार्फत कमाएका छन् ।

गत हप्ता प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट म्याद सकिएका उपभोग्य वस्तुलाई पुनः रिलेवलिङ गराउने धन्दाको पोल खोल्यो । केक र बेकरी उत्पादनका लागि आवश्यक कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ उत्पादन तथा उपभोग्य मिति बजार पठाउने अवस्थामा राखिएका, मिति परिवर्तन गर्न तयारी पारिएको अवस्थमा प्रहरीले एएसटी प्राली नामको कम्पनीको गोदाममा छापा मारेको थियो । प्रहरीले छापा मारेर चार जनालाई पक्राउ पनि गरेको थियो ।

बेकरी बनाउन प्रयोग हुने र बेकरीलाई कस्मेटिक बनाउन प्रयोग गरिने विभिन्न तेल, केकको पिठो, चेरी, चकलेट लगायतका सामाग्री गोदाममा फेला परेका थिए । यसैगरी अरेन्ज जुस, रेड एप्पल, म्याङ्गो टम्याटो, स्वीट ककनट, क्वीमन, डेदी घी, भिल्ला नम्बर एक लिक्विड, मिल्क सुप्पर प्रीमियम, चिज फ्लेवर, सिलिका लगायका सयौं वस्तुको नयाँ मिति र उपभोग्य मिति तयार पारिएको थियो । यी खाद्य सामग्री प्रयोग गरिएका खाद्यान्नलाई उपभोक्ताले स्वाद मानि मानि खाइरहेका छन् ।

सितापाइला र कलंकीमा सिंगो घर नै भाडामा लिएर झण्डै १४ सयप्रकारका कच्चा पदार्थमा नयाँ उत्पादन मिति र उपभोग्य मिति राखेर बजारमा पठाउन ठिक्कापारेको अवस्थामा प्रहरीको छापा परेको थियो । गोदाममा कार्यरत अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा पक्राउ परेका थिए ।

सितापाईलामा पाँच तले घर नै भाडामा लिएर एएसटी प्रालिले १४ सय प्रकारका त्यस्ता कच्चा पदार्थमा पुनः नयाँ मिति राख्ने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक अपिल राज बोहोराले बताएका छन् । उक्त गोदाममा कार्यरत अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझालाई नियन्त्रणमा लिएको थियो । तर, उनीहरुलाई अहिले धरौटी र पुनः हाजिर हुने सर्तमा रिहा समेत गरिएको छ ।

 

आपराधिक प्रवृति
प्रविण बंका, अनिल बंका, पवन भंगेरिया, कमल झुनझुनवाला, मुकेश अग्रवाल र किरणदेवी अग्रवालको साझेदारीमा एएसटी प्रालि संचालित छ । गैरकानुनी कालोबजारी धन्दा गर्ने एएसटी प्रालिको मुख्य कार्यालय पर्साको वीरगन्जमा रहेको छ । काठमाडौंबाट प्रविण बंकाले र्याकेट चलाउँछन् । यिनीहरुले ठूलो करोडौंको राजस्व अपचलन समेत गर्दैआएका छन् ।

एएसटी प्रालि नामले उपभोग्य सामग्रीको आयातकर्ता कम्पनी भएपनि वास्तवमा आम उभोक्ताको जीवनमाथि खेलवाड गर्नैका लागि स्थापित कम्पनी भएको खुलेको छ । यस कम्पनीका असली मालिकहरु भारतीय नागरिक हुन् ।

प्रहरीले सितापाईलाको गोदामको कनेक्सन प्रविणकुमार बंकादेखि किरणदेवी अग्रवालसम्म रहेको छ । सितापाइलाबाट पक्राउ परेका अनिल बंका पनि त्यहाँका कामदार नभएर सोही कम्पनीका हिस्सेदार प्रविण बंकाका दाई हुन् भने किरणदेवी अग्रवाल कमल अग्रवालको श्रीमती हुन् । यिनीहरुको सबैको पारिवारिक कनेक्सन रहेको छ ।

 

को हुन प्रविणकुमार बंका ?
प्रविणकुमार बंका पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १० निवासी व्यापारी हुन् । २०३७ साल फागुन १५ गते जन्मिएका बंकाले पर्साबाट ३४१०२२/९५ नं.को नागरिकता प्राप्त गरेका छन् । आमाको नाम गायत्री बंका, बुवाको नाम सत्यनारायण बंका रहेका प्रविणकुमारको मतदाता फारम नं. ५४१०२६ रहेको छ । बंकाले बालमन्दिर आदर्शनगर मतदानस्थलबाट निर्वाचनमा भोट हाल्न पाउँछन् ।

त्यसो त, कोही कसैको पनि व्यक्तिगत विवरण सार्वजनिक गर्नुलाई अनुचित मानिन्छ । तर हामीले यि धन्दावाला व्यापारी बंकाको व्यक्तिगत विवरण सार्वजनिक गरेका छौं । किनकी, यी बंका नेपालमा बसेर गैरकानुनी र्याकेट चलाउने संदिग्ध व्यक्ति हुन् । जसले आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै अर्बौ अर्ब रुपैयाँ कमाएका छन् । यी पात्र सामान्य मानिस हैनन्, फौजदारी अभियोगका भागिदार समेत हुन् । किनकी, प्रविण बंका नेपाली नागरिक भएकोमै गम्भीर आशंका छ ।

प्रवीण बंकाले नेपालबाट गैरकाुननी रुपमा आर्थिक चलखेल गरेर नागरिकता प्राप्त गरेको अभियोग लागेको छ । यि मान्छेमाथि नागरिकता किर्ते गरेको फौजदारी अभियोग लगाउने प्रमाण प्रशस्त छन् ।

प्रविण बंका भारत बिहार राज्यको असली बासिन्दा हुन् । नेपालमा त धन्दा गरेर पैसा कमाउनका लागि आएका मात्रै हुन् । प्रविण बंका बिहारको उजिआरपुर विधानसभा निर्वाचन क्षेत्रका बासिन्दा हुन् । उनको मतदाता सूचनाको पहिचान पत्र नं. ईपीआईसी नम्वर एफवाईएस ३२८३८६८ (FYS3283868) रहेको छ ।

पिताको नाम सत्यनारायण बंका, भाग संख्या २४२, भागको नाम राष्ट्रिय मिडिल स्कुल, दलासिनसराय, इस्ट मिडिल साइट, मतदाता क्रमांक ८० मतदान केन्द्र राष्ट्रिय मिडिल स्कुल दलासिनसराय रहेको छ ।

त्यसो त प्रविण बंकाको पारिवारिक कनेक्सन नै धन्दा चलाउनेमा रहेको देखिन्छ । उनका ससुरा काका पवन भङ्गेरियाले पनि झुठो विवरण पेश गरेर नागरिकता नेपाली नागरिकता हासिल गरेका थिए । भङ्गेरिया हत्या र लुटपाटको अभियोगमा भारतमा जेलको सजायँ सुनाएका व्यक्ति हुन् । २०५० सालमा नेपाल प्रवेश गरेपछि आफ्ना बाबु रामअवतार प्रसादलाई अर्काको नक्कली छोरा बनाएर मोरङ जिल्लाको तत्कालिन रंगेली गाविस वडा नं. १ बाट बसाई सराई गराएर जिल्ला प्रशासन कार्यालय पर्साबाट बंशजको आधारमा नेपाली नागरिकता लिएका थिए । भंगेरियाका दाजु कैलास प्रसाद भंगेरियाले भने समेत भारतीय दूतावासबाट २२ वर्ष अघि भारतीय नागरिक भएको प्रमाणित गराएका थिए ।

यिनै ससुरा भंगेरियाले प्रविण बंकालाई जन्मको आधारमा नेपाली नागरिकता दिलाउन सफल भएका थिए २०६३ सालमा । बंकाले भंगेरियाका दाजु कैलाशकी छोरीलाई विवाह गरेका छन् ।

अनुसन्धान खै ?
प्रविण बंका विरुद्ध पर्सा जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिएको विषय विवादित छ । बंकाले २०६३ सालको नागरिकता टोलीमा झुठ्ठा विवरण पेश गरी आफ्नो जन्म २०३७ फागुन १५ गते भएको भुठो व्यहोरा उल्लेख गरी आफ्नो जन्मको आधारमा नेपाली नागरिकता लिएको भन्दै २०६७ साल पुष १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

देशभक्त नागरिकको नामबाट जिल्ला प्रशासन कार्यालय पर्सा र गृह मन्त्रालयसमा समेत उजुरी पठाइएको छ । तर, गैरकानुनी धन्दाबाट आर्जन गरेको रकमले सबैलाई मेन्टेन गर्न सफल बंकाको नक्कली नागरिकताबारे अहिलेसम्म न त पर्सा जिल्ला प्रहरी कार्यालयले कुनै अनुसन्धान अगाडि बढाएको छ, न त गृहमन्त्रालयले नै सोधखोज गरेको छ ।

आफ्नो कार्यालयमा आएका कुनै पनि उजुरीलाई अनुसन्धान गरी निस्कर्षमा पुर्याउनु राज्यका अंगको दायित्व बन्छ । तर, अहिलेसम्म कुनै पनि अनुसन्धान भएको छैन ।

झुठो विवरण पेश गरेर नागरिकता लिएको उजुरीको झण्डै एक वर्ष अघि नै परेको थियो । तर, जिल्ला प्रहरी कार्यालयलाई त्यो गम्भीर प्रकृतिको उजुरीप्रति कुनै वाल मतलव भएन ।

‘सिल गरेर जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । उजुरीमाथि अब अनुसन्धान गर्नुपर्ला नि !’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गंगा पन्तले भनिन ।

अर्थात, सबैतिर कुरा उठ्न थालेपछि मात्रै उजुरीमाथि अनुसन्धान सुरु गरिटोपल्ने देखिन्छ, जिप्रका पर्सा । त्यति जाँगर छैन, यो गम्भीर उजुरीमाथि अनुसन्धान गर्ने । जाँगर नचल्ने कारणहरु धेरै हुनसक्छन्, यसबारेमा आम सर्वसाधारण जानकार छन् ।

 

नियतै खोटो
जब नियत नै खोटो भएपछि धन्दा पनि खोटो नै चल्छ । यसरी म्याद सकिएको सामानमा नयाँ उपभोग्य मिति राखेर आम उपभोक्ताको जीवनमाथि खेलवाड गरेर धन्दा चलाउने गिरोह धेरै वर्ष पहिलेदेखि नै सक्रिय थियो ।

यो गिरोहले अहिले लकडाउनको समयमा खुद्रा पसल समेतबाट म्याद गुज्रिएका सामानको फिर्ता लिन समय लाग्ने अवस्थाको इमोशनल ब्याकमेलिङ गरेर चलाइरहेको ठूलो र्याकेटलाई प्रहरीले एकपछि अर्को छापा मार्न थालेपछि तिल्मिलाउन थालेको छ । धन्दाबाटै कमाएको पैसा प्रयोग गरेर अहिले यो गिरोह आफ्नो नामलाई जोगाउन खोजिरहेको छ ।

यसरी गैरकानुनी रुपमा आम उपभोक्ता विरुद्ध गरिएको भयानक ठगीमा नेपाल र भारतमा दुईतिर नागरिकता बोकेर शुद्ध व्यवसायको नाटक गर्ने पवन बंका र उनको परिवार संलग्नता प्रष्ट भएको छ । विदेशी खाद्य सामाग्री आयातकर्ता कम्पनीको आवरणमा आयात गरिएका अर्बौ मूल्यका सामानको म्याद सकिएपछि पुनः रि लेवलिङ गराउनु महाअपराध हो ।

आयातकर्तासँग खुद्रा पसलमा भएका म्याद नाघेका सामाग्री उठाएर नयाँ वितरण गर्नेपर्नु दायित्व हुन्छ । तर, आयातकर्ता वितरक र थोक बिक्रेताले नै पुनः यस्तै सामान बजारमा पठाउन थालेको धन्दा आम उपभोक्ताले थाहा पाउनु कसरी ?

यो उनीहरुको गैरव्यवसायिक पराकाष्ठा हो । उपभोग्य अवधी सकिन लागेका सामाग्री उत्पादक कम्पनीलाई नबुझाई पुनः उपभोक्तालाई खुवाउन पठाउनु सामान्य गल्ती हुन सक्दैन । यो अपराध फौजदारी अपराधमा दर्ज हुनुपर्छ ।

 

बंका र भङ्गरिया परिवारको नागरिकता र उपभोक्ता ठग्ने कनेक्शन, प्रहरीको अनुसन्धान र कानुनी कारवाहीको अवस्थाबारे थप रिपोर्ट अर्को अंकमा 

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  २ : २९ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले