३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

चिकित्सक संघले घोषणा ग-यो आन्दोलनका कार्यक्रम, भोलिबाट कोभिड-१९ र आकस्मिक बाहेकका सेवा बहिस्कार गरिने



काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघ आवद्ध चिकित्सकहरुले भोलि २२ गतेबाट कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । डा.गोविन्द केसीसँग वार्ता टोली गठन गर्न माग गरेको दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड(१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने कार्यक्रम तय भएको चिकित्सक संघले जनाएको छ ।

२३ गते शुक्रबारबाट देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य सबै स्वास्थ्य सेवा बहिस्कार गर्ने संघले बताएको छ । कोभिड र आकस्मिक सेवामा पनि अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले जानकारी दिएको छ ।

छ बुँदे माग राख्दै डा. केसीले कर्णाली प्रदेशको जुम्लाबाट सुरु गरेको सत्याग्रहको आज २४ दिन पुगेको छ । २४ दिन पुग्दा पनि सरकारले वार्ताको पहल नगरेकाले आन्दोलनको कार्यक्रम अगाडी बढाउन बाध्य पारिएको संघले बताएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : १३ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको