३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सरकार र डा. केसीका प्रतिनिधि बीचको वार्ता केही समयका लागि स्थगित



काठमाडौं । सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) विहान साढे दश बजेदेखि जारी वार्ता अपरान्ह४ बजे फेरि बस्ने गरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

कार्कीले विहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल भएको जानकारी दिए । अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच फेरी छलफल भई अपरान्ह ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले जनाए । उनले आफुहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पु¥याउन चाहेको समेत बताए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसी २५ दिन यता अनशनरत छन् ।

सरकारले डा. केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन् ।

सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ३ : ४३ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै