४ पुस २०८२, शुक्रबार | December 20, 2025

पर्यटकले नेपाल घुम्न सोधपुछ मात्रै गर्छन, बुक गर्दैनन्



काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गते देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ ।

तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपालमा कुनैपनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैलेपनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै बनिसकेको देखिदैन् ।

पर्यटन व्यवसायी सुदर्शन नेपालका अनुसार पछिल्लो समय नेपालमा पदयात्रा गर्न, पर्वतारोहण गर्न र ¥याफ्टीङ गर्नका लागि सोधपुछ गर्ने पर्यटकहरुको संख्या बढेको छ । खासगरी नेपालमा कोभिड संक्रमणको लागि के कस्ता मापदण्ड छन भन्ने सम्बन्धमा पर्यटकहरुले सोधपुछ गरिरहेका छन् । तर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको संक्रमणको स्थितिका कारण आफुहरुले टिकट बुकिङ गर्न आग्रह गर्न नसकेको नेपालले बताए ।

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पनि नेपालमा घुम्नका लागि तय भएको मापदण्डको विषयमा पर्यटकहरुले सोधपुछ गरिरहेको बताए । । संसार भर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरुले नै सोधपुछ गरिरहेको उनले जिकिर गरे । तर सापकोटाका अनुसार अहिलेसम्म कुनैपनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरेका छैनन् ।

पर्यटकहरुले नेपाल आउन सोधखोज गरिरहेपनि आफुहरुले सरकारी मापदण्डका कारण चित्तबुझ्दो जवाफ दिन नसकेको व्यवसायीहरुको भनाइ छ । तर पनि सरकारले तोकेको मापदण्ड पालना गरेर पर्यटकलाई सेवा दिन आफुहरु तयार रहेको पनि व्यवसायीहरु बताउँछन् ।

खासगरी पदयात्रा, पर्वतारोहण र ¥याफ्टीङमा जाँदा कोभिड संक्रमणको जोखिम नहुने गरी पर्यटकलाई सेवा दिन सकिने पनि व्यवसायीहरु बताउँछन् ।

कोभिडले थला परेको पर्यटन क्षेत्रमा लकडाउन खुलेसँगै नयाँ उत्साह आउने अपेक्षा व्यवसायीहरुले गरेपनि सरकारी मापदण्डका कारण पर्यटक नआउँदा भने व्यवसायीहरु निराश देखिन्छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ३ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको