७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालमा बिहिबार राती मृत्यु भएकी एक जना महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज उपमहानगर १ की ८५ वर्षिया महिलाको भेरी अस्पतालमा बिहिबार राती ९ बजे मृत्यु भएकोमा उनको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो । गत २१ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नेपालगन्ज मेडिक कलेज पुगेकी ती महिलाले मेडिकल कलेजमा आईसीयू बेड नपाएपछि भेरी अस्पताल पुगेकी थिईन् । २१ गते सांझ ६ः३० बजे अस्पताल भर्ना भएकी उनलाई कोरोनासँग मिल्दो लक्षण देखिएपछि २२ गते साँझ स्वाव संकलन गरि परीक्षणका लागि पठाईएकोमा २२ गते नै राती ९ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए । उनको २३ गते बिहान कोरोना पोजिटिभको रिपोर्ट आएको हो ।

बाँकेमा शुक्रबार सम्ममा कोरोना संक्रमितको मृत्युको संख्या २३ पुगेको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ११ : १२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई