२७ श्रावण २०८३, बुधबार | August 12, 2026

नेपाली क्रिकेटमा प्रशिक्षकको खोजी, परिपक्क अनुभवी प्रशिक्षक ल्याउनुपर्ने पूर्व खेलाडीको सुझाव



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) लाई खुल्ला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सबै पक्षबाट सुझाव आएपछि क्यानले प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको छ ।

दरखास्तको मिति अहिले सकिएको छ । तर अहिले सम्म को–कसले दरखास्त दिएको सार्वजनिक भने भएको छैन । छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ अहिले चासोको विषय बनेको छ ।

दुई दशक अगाडि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो । श्रीलंकाली प्रशिक्षक डायसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मेहनत गरेर क्रिकेटको बलियो जग बसालेसँगै अर्का प्रशिक्षक पुवुदले नेपाली क्रिकेटलाई नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेले ।

त्यसपछि नेपालले विभिन्न डिभिजनका खेललाई पार गर्दै अहिले एक दिवसीय मान्यता पाएको छ । ट्वान्टी–२० विश्वकपमा पनि अनुभव बटुल्न सफल भयो, नेपाली टोली । त्यसो त अहिले सम्म अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपाली टोलीलाई १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिइसकेका छन् । यो अवधिमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा स्थान पनि बनाउन सफल भयो ।

पछिल्लो समय पाएको सफलतालाई जोगाउनका लागि आउँदो दिनमा अनुभवि र नेपाली टोलीलाई धेरै भन्दा धेरै मैत्रिपूर्ण खेलको तालमेल गर्ने प्रशिक्षक खाँचो भएको धेरैले औल्याउँदै आएका छन् । अहिलेको अवस्थामा नेपाली क्रिकेट टोलीका लािग अनुभवी र अन्तर्राष्ट्रिय स्तरमा बलियो प्रभाव भएको प्रशिक्षक आवश्यक भएको बताउँछन् पूर्व क्रिकेटर पवन अग्रवाल ।

अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ । क्रिकेट गतिविधि चलायमान त्यति हुन सकेका छैनन् । यो समय क्यानलाई नयाँ प्रशिक्षक खोज्ने उपयुक्त समय मिलेको छ ।

नेपाली टिमको प्रशिक्षक बनेर को आउला भन्ने चासो सर्बत्र बढ्दै गइरहेको अवस्थामा पूर्व कप्तान विनोद दासले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपाललाई विश्व क्रिकेटलाई नजिकबाट बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको जिकिर गर्छन् ।

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक विहिन छ । राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी तोकिएको छ । तर क्रिकेटको गतिविधि भने शून्य छ ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित गरिरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न पदाधिकारीको नियुत्तिलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउन यथाशिघ्र कदम चाल्नु पर्ने आश्यक देखिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : १६ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको