१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँकेमा प्रहरी हवल्दार परे अख्तियारको फन्दामा



नेपालगञ्ज । घुस रकमसहित बाँकेमा एक प्रहरी हवल्दार अख्तियारको फन्दामा परेका छन् । ईलाका प्रहरी कार्यालय खजुरा खुर्द बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर दवाललाई १३ हजार घुस रकमसहित अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आँप जातको काठ चिरान मिल र ईंट्टा भट्टा लैजानका लागि सहजीकरण गरिदिने भन्दै स्थानीयसँग १३ हजार घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले हवल्दार दवाललाई सेवाग्राहीसँग घुस रकम लिईसकेको अवस्थामा जानकी गाउँपालिका ३ मानपुरस्थित लक्ष्मी कोल्ड स्टोर्सबाट शुक्रवार बेलुका नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको शाखा अधिकृत श्रीधर टण्डनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ३४ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज