५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाँकेमा प्रहरी हवल्दार परे अख्तियारको फन्दामा



नेपालगञ्ज । घुस रकमसहित बाँकेमा एक प्रहरी हवल्दार अख्तियारको फन्दामा परेका छन् । ईलाका प्रहरी कार्यालय खजुरा खुर्द बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर दवाललाई १३ हजार घुस रकमसहित अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आँप जातको काठ चिरान मिल र ईंट्टा भट्टा लैजानका लागि सहजीकरण गरिदिने भन्दै स्थानीयसँग १३ हजार घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले हवल्दार दवाललाई सेवाग्राहीसँग घुस रकम लिईसकेको अवस्थामा जानकी गाउँपालिका ३ मानपुरस्थित लक्ष्मी कोल्ड स्टोर्सबाट शुक्रवार बेलुका नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको शाखा अधिकृत श्रीधर टण्डनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ३४ बजे

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने