१ पुस २०८२, मंगलबार | December 16, 2025

जति बढी परीक्षण, त्यति बढी संक्रमित; काठमाडौंमा थपिए २६७२ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार २ हजार ६७२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २१ सय संक्रमित थपिएका छन् । भक्तपुरमा २०३ जना र ललितपुरमा ३६९ जना थपिएका छन् ।

काठमाडौंमा एक सातामै १० हजार भन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

संक्रमितहरु बढेसँगै अस्पताल र अन्य आइसोलेसन केन्द्रहरु भरिँदै गएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसदका समितिहरु, अदालत, सरकारी कार्यालयहरुलाई मिटिङ गोष्ठि, तालिमहरु नराख्न अनुरोध गरेको छ ।

यसैगरी, अवस्था झन चिन्ताजनक हुन थालेको भन्दै चाडवाडको समयमा जनस्वास्थ्य मापदण्डलाई पालना गर्न गराउन सबैलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ३४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा