३ चैत्र २०८२, मंगलबार | March 17, 2026

भरतपुर महानगरपालिका वडा नं. २० का वडाअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु



चितवन । कोरोना भाइरसको संक्रमणका कारण चितवनमा एक जना वडाअध्यक्षको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे वडाअध्यक्ष तामाङको मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिएका छन् ।

उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज २३ गते ६९ वर्षीय तामाङलाई अस्पताल भर्ना गरिएको थियो।

त्यसअघि असोज १४ गते नै उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

घरमै बसेका उनलाई स्वाश्वप्रसावमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउँदा अक्सिजन लेभल जम्मा ४० रहेको अस्पतालले जनाएको छ ।

आईसीयूमा राखेर भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको निधन भएको अस्पतालले जनाएको छ ।

वडाअध्यक्ष तामाङलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको थियो ।

तामाङ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए।

 

 

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ०८ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर