३ पुस २०८२, बिहिबार | December 18, 2025

आईपीएल २०२० : दिल्लीलाई पाँच विकेटले पराजित गर्दै मुम्बइ पुनः शीर्ष स्थानमा उक्लियो



काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो ।

१ सय ६३ रनको लक्ष्य पाएको मुम्बइले दुई बल बाँकी रहँदा पुरा गर्दै ५ विकेटको जित हात पारेको हो । मुम्बइको जितमा क्वुइन्टन डि कोक र सूर्यकुमार यादवले समान ५३-५३ रनको पारी खेले । कप्तान रोहित शर्मा १२ बलमा ५ रन बनाउँदै अक्षर पटेको बलमा आउट भएका थिए ।

यस्तै इशान किसनले २८ तथा किरोन पोलार्ड र क्रुनाल पाण्ड्याले नटआउट ११ र १२ रनको योगदान दिए । दिल्लीका कागिसो रबडाले दुई तथा अक्ष्र पटेल, रविचन्द्रन आश्विन र मर्कूस स्टोइनिसले समान १-१ विकेट लिए ।

अबुधाबीस्थित, शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा १ सय ६२ रन बनाएको थियो ।

पहिलो ओभरमा ओपनर पृथ्वी शाँलाई गुमाएको दिल्लीका लागि अर्का ओपनर शिखर धवनले नटआउट ६९ रनको पारी खेल्दै सम्मानजनक योगफल बनाएको थियो । उनले ५२ बलमा १ छक्का र ६ चौकाको मद्धतमा उक्त रन बनाएका थिए । यस्तै, कप्तान श्रेयास आयरले ४२ रन जोडे ।

यसैगरी, दिल्लीका लागि पहिलो खेल खेलेका अजिङ्क्य रहानेले १५, एलेक्स क्यारीले नटआउट १४ तथा मर्कूस स्टोइनिसले १३ रन बनाए ।

मुम्बइका क्रुनाल पाण्ड्याले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए । दिल्लीमाथिको जितसँगै मुम्बइ पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली र मुम्बइले समान सात खेलबाट पाँच खेलमा जित र दुई खेलमा हारसहित १० अंक जोडेको छ ।

रनरेटको आधारमा अघि रहँदै मुम्बए पहिलो स्थानमा रहेको छ भने दिल्ली दोस्रो, कोलकात्ता ८ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । यसैगरी, बेङ्गलोर, हैदराबाद, राजस्थान, चेन्नइ र पञ्जाव क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ११ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका