५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : दिल्लीलाई पाँच विकेटले पराजित गर्दै मुम्बइ पुनः शीर्ष स्थानमा उक्लियो



काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो ।

१ सय ६३ रनको लक्ष्य पाएको मुम्बइले दुई बल बाँकी रहँदा पुरा गर्दै ५ विकेटको जित हात पारेको हो । मुम्बइको जितमा क्वुइन्टन डि कोक र सूर्यकुमार यादवले समान ५३-५३ रनको पारी खेले । कप्तान रोहित शर्मा १२ बलमा ५ रन बनाउँदै अक्षर पटेको बलमा आउट भएका थिए ।

यस्तै इशान किसनले २८ तथा किरोन पोलार्ड र क्रुनाल पाण्ड्याले नटआउट ११ र १२ रनको योगदान दिए । दिल्लीका कागिसो रबडाले दुई तथा अक्ष्र पटेल, रविचन्द्रन आश्विन र मर्कूस स्टोइनिसले समान १-१ विकेट लिए ।

अबुधाबीस्थित, शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा १ सय ६२ रन बनाएको थियो ।

पहिलो ओभरमा ओपनर पृथ्वी शाँलाई गुमाएको दिल्लीका लागि अर्का ओपनर शिखर धवनले नटआउट ६९ रनको पारी खेल्दै सम्मानजनक योगफल बनाएको थियो । उनले ५२ बलमा १ छक्का र ६ चौकाको मद्धतमा उक्त रन बनाएका थिए । यस्तै, कप्तान श्रेयास आयरले ४२ रन जोडे ।

यसैगरी, दिल्लीका लागि पहिलो खेल खेलेका अजिङ्क्य रहानेले १५, एलेक्स क्यारीले नटआउट १४ तथा मर्कूस स्टोइनिसले १३ रन बनाए ।

मुम्बइका क्रुनाल पाण्ड्याले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए । दिल्लीमाथिको जितसँगै मुम्बइ पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली र मुम्बइले समान सात खेलबाट पाँच खेलमा जित र दुई खेलमा हारसहित १० अंक जोडेको छ ।

रनरेटको आधारमा अघि रहँदै मुम्बए पहिलो स्थानमा रहेको छ भने दिल्ली दोस्रो, कोलकात्ता ८ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । यसैगरी, बेङ्गलोर, हैदराबाद, राजस्थान, चेन्नइ र पञ्जाव क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ११ बजे

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता