१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भीआईपी नै मास्क लगाउन मान्दैनन



काठमाडौं । गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ ।

तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् । प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका देखिन्छन् ।

सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने प्रायः मास्कमै पार्टीका कार्यक्रम तथा भेटघाटमा देखिन्छन् । उनले पार्टीका बैठक र भेटघाटका कार्यक्रममा मास्क लगाएको पाइन्छ ।

यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवासमेत विरलै मास्क प्रयोग गर्छन् । उनले बाहिर हिँड्दा मास्क प्रयोग गर्ने गरेको देखिए पनि कार्यक्रममा सहभागी हुँदा र नेताहरूसँगको भेटघाटमा मास्क प्रयोगमा बेवास्ता गरेको देखिन्छ ।

देउवाले राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका सुनिल थापासँगको सामूहिक तस्बिर खिचाउँदा मास्क प्रयोगमा बेवास्ता गरिएको तस्बिर उनकै फेसबुक पेजमा छ ।

यस्तै, इनअफ इज इनअफका अनशनकारीलाई भेट्दा समेत देउवाले मास्क लगाएका थिएनन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मास्क लगाउने तर हेलचेक््रयाइँ गर्नेमा पर्छन् ।

उनले १५ साउनमा पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा मास्क खोलेर टेबलमा राखेको तस्बिर उनकै फेसबुक पेजमा छ ।

यसैगरी, सरकारका उपप्रधानमन्त्री एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारबाटै बनाइएको उच्चस्तरीय समिति सीसीएमसीका संयोजक ईश्वर पोखरेल समेत मास्क प्रयोगमा हेलचेक्रयाइँ गर्नेमा पर्छन् ।

उनले समेत भूषण दाहालसँगको एक टेलिभिजन कार्यक्रममा मास्क नलगाईकन १० भदौमा अन्तर्वार्ता दिएको भिडियो पोखरेलको फेसबुक पेजमा छ । उनी बाहिरी कार्यक्रममा भने मास्कमा नै देखिन्छन् ।

यस्तै, सबैभन्दा सावधानी अपनाउनेमा गृहमन्त्री रामबहादुर थापा देखिन्छन् । उनी हरेकजसो भेटघाट र भ्रमणमा मास्कमा नै देखिने गरेका छन् । यस्तै, पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वअर्थमन्त्री युवराज खतिवडासमेत मास्कको सावधानीपूर्वक प्रयोग गर्ने मन्त्रीमा पर्छन् ।

सरकारका पर्यटनमन्त्री योगेश भट्टराई भने मास्कको प्रयोगमा सबैभन्दा बढी हेलचेक््रयाइँ गर्नेमा पर्छन् । उनी गत साता बिनामास्क सुर्खेतदेखि आफ्नै गृह जिल्ला ताप्लेजुङ र राजधानी काठमाडौंमा भएका उच्चस्तरका भेटघाटमा सहभागी भए । हाल भने उनी कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका छन् ।

पर्यटनमन्त्री भट्टराईसँगै गत २१ असोजमा ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट उद्घाटनका लागि पुगेका गृह सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकरीले समेत मास्क नलगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ३४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान