१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अनलाइन भोटिङ्गको विकल्प छैन् : शेष घले, एनआरएनए प्रमुख संरक्षक



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको नेतृत्व चयन अनलाइन मतदानबाट हुनु पर्ने विचार व्यक्त गरेका छन् ।

संघका प्रमुख संरक्षक समेत रहेका घलेले आइतवार संघद्धारा आयोजित ‘एनआरएन डे’ को विषेश कार्यक्रमलाई सम्वोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।

घलेले कोरोना महामारीकाबीच संघको नेतृत्व चयनको सम्भवना नभएको बताउदै अहिले अनलाइन भोटिङ्गको चर्चा चल्नु समय सान्दर्भिक र आवश्यक छलफलको विषय भएको बताए ।

राष्ट्रिय समिति (एनसीसीहरुमा)मा समेत निर्वाचन गर्नुपर्ने अवस्थामा कोरोना भाइरस बिरुद्धको भ्याक्सिन नआएसम्म संघमा फेस टु फेस निर्वाचन हुन नसक्ने भन्दै अनलाइन भोटिङ्गलाई विश्वसनिय बनाउन आग्रह गरे ।

पूर्वअध्यक्ष घलेले ‘भिजन २०२०’ मार्फत संघभित्र एमआईएस सिस्टमको शुरुआत गरेका थिए । संघको नेतृत्वले अहिले ‘भिजन २०२०’ को अवधारण अनुरुप अनलाइन मतदान सहितको प्रस्तावअघि सारेको छ ।

संघभित्र अनलाइन मतदानमार्फत संस्थालाई पुर्नसंरचना गर्ने प्रस्ताव अघि सारे पछि घलेले संघको निर्वाचन अनलाइन मार्फत हुनु पर्ने धारणा सार्वजनिक गरेका हुन् ।

घलेले अघि सारेको ‘भिजन २०२०’ अवधारणाले संघलाई अझ वैज्ञानिकरण र प्रविधीमैत्रीमा जोड दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ५९ बजे

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त