६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री केसीले एकता महाधिवेदनले विश्वभर रहेका करिब ८० लाख नेपालीलाई एकै सूत्रमा बाँध्ने काम गरेको बताएका छन् ।

सङ्घको एकता महाधिवेशनको समापन समारोहमा उनले सङ्घको इतिहासमा विभिन्न उतार–चढाव भए पनि छोटो समयमै सङ्घ ९२ देशसम्म विस्तार भएको जानकारी दिए। पछिल्ला करिब छ वर्ष विभिन्न परिस्थितिका कारण चुनौतीपूर्ण बनेको र त्यस अवधिमा सङ्गठन दुई भागमा विभाजित भएको उनले स्मरण गरे।

डा केसीले विभाजनभन्दा पनि एकताबाट अघि बढ्ने सोचका साथ सम्झौतापत्रमार्फत नेतृत्व हस्तान्तरण गरिएको उल्लेख गर्दै सङ्घ पुनः एकताको सूत्रमा बाँधिएको बताए। “हामीले फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ एकताको मार्ग रोजेका हौँ । सोहीअनुसार जिम्मेवारी हस्तान्तरण गरेका छौँ”, उनले भने।

डा केसीले भदौ २३ र २४ गते भएका घटनाले विश्वभर रहेका नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए। विदेशमा बसोबास गर्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन ‘इ–भोटिङ’ प्रणाली लागू गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले पहिचान जोगाउन गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अर्का कार्यकारी अध्यक्ष महेश श्रेष्ठले विगतमा केही समय आपसी मतभेद र असमझदारीका कारण सङ्गठन कमजोर बनेको स्वीकार गरे। हाल बृहत् महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयनको अन्तिम चरणमा पुगेको र यसले सङ्गठनलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे।

श्रेष्ठका अनुसार सङ्गठनको विभाजनका कारण सङ्घप्रति अविश्वास बढेको र त्यसले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेका थिए । “अब यस्ता विभाजन कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छौँ”, उनले भने, “गैरआवासीय नेपाली नागरिकताले अझै पूर्ण अधिकार पाएका छैनन् । त्यसका लागि र विद्यमान कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग मिलेर काम गर्न गर्छौं ।”

संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाली संस्कृति र संस्कारसहितको आर्थिक विकासका लागि गैरआवसीय नेपालीहरू सहयोग गर्न तयार रहेको बताए। संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदासले एकता महाधिवेशनले सकरात्मक सन्देश दिएको भन्दै खुसी व्याक्त गरे ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ८ : १५ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा