२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लोकदोहोरी प्रतिष्ठान रुपन्देहीको साधारण सभा सम्पन्न, बिभिन्न व्यक्ति सम्मानित



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा रुपन्देहीको १२ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै केही सिमित व्यक्तिहरुको भौतिक उपस्थिती तथा अन्य व्यक्तिहरुलाई जुम मार्फत उपस्थिती गराई साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश वि.जि.ले यस्तो विषम परिस्थितीमा पनि प्रविधिको प्रयोग गरी भव्य रुपमा साधारण सभा आयोजना गरिएकोमा प्रशंसा व्यक्त गर्दै लोक संस्कृतिको जगर्ने संगै सामाजिक कार्यमा अग्रसर हुनका लागि संस्थाको कार्यसमितीलाई आग्रह गरे ।

विशिष्ठ अतिथि संस्थाका संरक्षक खिम बहादुर हमालले लोक दोहोरी प्रतिष्ठानले जस्तो सुकै परिस्थितीमा पनि आफ्नो कर्तव्य र समाजसेवालाई निरन्तरता दिइरहेको बताए । संस्थाका अध्यक्ष दिपक कार्कीले कोरोना भाईरस महामारीका कारण संस्थाको पुर्वनिर्धारित कार्ययोजना अनुरुप काम गर्न नसकेपनि कलाकारको हकहित तथा समाजसेवामा निरन्तर काम गरिरहेको बताए ।

कार्यक्रममा अग्रज कलाकार विधाबाट संस्थाका पुर्व अध्यक्ष बलराम पौडेल, अग्रज बाद्यबादक विधाबाट बाबुराम गन्धर्व, लोक पत्रकारीता सम्मानबाट पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष दिनेश पाण्डे, ज्येष्ठ आजीवन सम्मानबाट मान बहादुर के.सी., सक्रिय आजीवन सदस्यबाट केशव कुँवर ‘दिनेश’ नवप्रतिभा सम्मानबाट प्रसिद्धी ढकाल, र विशेष संहयोगी संस्था सम्मान बाट महाराजा रिर्साेट बुटवललाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यसमितिमा रहेर उत्कृष्ट कार्य सम्पादन गरेबापत सदस्यद्वय राम प्रसाद पाण्डे र रेनु रानामगर र विभिन्न प्रतियोगितामा सहभागी भई बिजयी भएकोमा लालमाया थापा, विक्रम बाबु बिश्वकर्मा लक्ष्मी बस्नेतलाई पनि सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई संस्थाकै भवनमा बोलाइ सम्मान गरिएको थियो ।

उनीहरुलाई संस्थाका संरक्षक खिमबहादुर हमाल, केन्द्रीय सचिव प्रचञ्ड जिसी, पूर्व सल्लाहकार टंकप्रसाद गैरे, केन्द्रीय सदस्य दिपक गरौंजाले संयुक्त रुपमा प्रसंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

त्यसै अवसरमा प्रतिष्ठानले सल्लाहकार स्वागत कार्यक्रम समेत गरेको छ । प्रतिष्ठानले सल्लाहकारहरु मोदनाथ वेलवासे, जयप्रकाश भट्टराई, बाबुराम बोहोरा, यमलाल लोहनी, समुन्द्र जिसी, योग गुरुङ र नारायणबहादुर रायमाझीलाई दोसल्ला ओढाएर सम्मान तथा स्वागत गरिएको थियो ।

कार्यक्रममा संस्थाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापामगर निवर्तमान अध्यक्ष बद्री पंगेनी, पुर्व अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सचिव प्रचण्ड जि.सी., प्रदेश सचिव टिकाराम लुइटेल, पुर्व केन्द्रिय सदस्य बसन्त श्रेष्ठ रुपन्देही ब्यापार संघका यमलाल लोहनी, सम्मानित व्यक्ति बलराम पौडेल लगायतले लगायतले बोलेका थिए । कार्यक्रममा सचिव उज्जवल गिरीको वर्ष भरीको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भने कोषाध्यक्ष सन्जय सौगातले ११ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थका अध्यक्ष दीपक कार्कीको अध्यक्षता प्रथम उपाध्यक्ष विजय सापकोटाको स्वागत र सचिव उज्जवल गिरी तथा सहसचिव विधान कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : ३२ बजे

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत