५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : २० रनले हैदराबादलाई हराउँदै चेन्नइ छैटाैँ स्थानमा उक्लियाे



काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो ।

१ सय ६८ रनको लक्ष्य पच्छाएको हैदराबादले १ सय ४७ रन मात्र बनाउन सक्यो । पावप्लेमा कप्तान डेविड वार्नरलाई टोलीको स्कोर २३ रन हुँदा गुमाएको थियो । वर्नर साम कुरानको बल खेल्ने क्रममा व्यक्तिगत ९ रनमा क्याच एन्ड बोल्ड भए ।

यस्तैगरी, तेस्रो क्रममा ब्याटिङमा आएका मनिष पाण्डे सोही ओभरमा रन लिने क्रममा ड्वाने ब्राबोद्वारा रनआउट भए । यस्तै, हैदराबादका केन विलिम्सनले सर्वाधिक ५७ रनको पारी खेले । उनले ३९ बलमा ७ चौकाको मद्धतमा ५७ रन जोडेका थिए ।

यसैगरी, प्रियम गार्ग १६, विजय शंकरले १२ तथा राशिद खानले १४ रनको पारी खेलेपनि टोलीलाई हारबाट बचाउन सकेन । हैदराबादलाई अन्तिम ओभरमा जितका लागि २२ रनको आवश्यकता परेको थियो । चेन्नइका कप्तान धोनीले बलिङका लागि ड्वेन ब्राबोलाई बल थमाए । अन्तिम ओभरमा हैदराबादले मात्र १ रन जोड्दा शाहबाज नदीमलाई विकेटको रूपमा गुमायो ।

चेन्नइका कर्ण शर्मा र ड्वेन ब्राबोले २(२, शार्दूल ठाकुर, साम कुरान र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए । यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ६७ रन बनाएको थियो ।

चेन्नइको सुरुवात भने खराब रह्यो । चेन्नइका ओपनर फाफ डु प्लेसिस सन्दीप शर्माको बलमा शून्य रनमा आउट भए । यस्तै, दोस्रो विकेटका लागि २५ रनको साझेदारी गरेका साम कुरान सन्दीप शर्माकै बलमा बोल्ड आउट भए ।

तेस्रो विकेटका लागि सेन वाट्सन र आम्बाती रायुडुले ८१ रनको अर्धशतकीय साझेदारी गरे । आउट हुनअघि वाट्सनले ४२ तथा रायुडुले ४१ रन बनाए । यस्तै, महेन्द्र सिंह धोनीले २१ तथा रविन्द्र जडेजाले नटआउट २५ रनको योगदान दिए । हैदराबादका सन्दीप शर्मा, टी नटराजन र खलिल अहमदले समान २/२ विकेट लिए ।

जितसँगै चेन्नइ ८ खेलमा तीनमा जित र पाँचमा हारसहित ६ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने पराजित हैदराबाद पाँचौ स्थानमा यथावत रहेको छ । अंक तालिकाको शीर्ष स्थानमा मुम्बइ इन्डियन्स समान १० अंक भएपनि रनरेटका आधारमा पहिलो स्थानमा रहेको छ ।

यस्तै, दिल्ली क्यापिटल्स दोस्रो, रोयल च्यालेञ्जर्स बेङ्गलोर तेस्रो र कोलकात्ता नाइट राइडर्स चौथो स्थानमा रहेको छ । यसैगरी, राजस्थान रोयल्स सातौँ र किङ्स इलावेन पञ्जाव पुछारमा रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ३३ बजे

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता

मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो

काठमाडौं । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

भक्तपुर । आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज