१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

राष्ट्र संघीय मानवअधिकार परिषद्‍मा नेपाल पुनः निर्वाचित



काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद् (यूएनएचआरसी)मा निर्वाचित भएको छ । एसिया प्रशान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै नेपाल ३ वर्षका लागि लागि पुनः निर्वाचित भएको हो ।

सन् २०२१–२०२३ अवधीमा १५ सदस्यका लागि भएको निर्वाचनमा यस क्षेत्रबाट नेपालसहित चीन, पाकिस्तान र उज्वेकिस्तान निर्वाचित भएका छन् ।

१९२ देशको कुल मताधिकार रहेको परिषद्मा नेपालले १५० मत प्राप्त गरेको छ । यसैगरी चीनले १३९, पाकिस्तान र उज्वेकिस्तानले समान १६९ मत प्राप्त गरेका छन् । साउदी अरबले भने ९० मत मात्रै पाएर पराजित भएको छ ।

४७ सदस्य रहने परिषद्मा यसपटक १५ सदस्य सिटका लागि निर्वाचन भएको थियो ।

मानवअधिकार परिषद्मा नेपालको यो तेस्रो कार्यकाल हुनेछ । यसअघि नेपालले सन् २०१८–२०२० मा पनि निर्वाचित भएको थियो ।

अन्य निर्वाचित सदस्य राष्ट्रमा पूर्वी यूरोपबाट रुस र युक्रेन, पश्चिम युरोपबाट बेलायत र फ्रान्स ल्याटिन अमेरिकाबाट क्युबा, बोलिभिया र मेक्सिको, अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग रहेका छन् ।

तर निर्वाचन भएको क्षेत्र भने एशिया प्रशान्त क्षेत्र मात्रैमा हो । अन्य क्षेत्रबाट विना प्रतिपस्पर्धा सहमतिका आधारमा ती मुलुकहरु छनौट भएका थिए ।

विश्वव्यापी मानवअधिकारको रक्षा र प्रवद्र्धनका लागि संयुक्त राष्ट्र संघको यो निकाय निकै महत्वपूर्ण मानिन्छ । नेपाललाई पुनः यूएनएचसीआरमा निर्वाचित गरेकोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदस्य मुलुकहरुलाई धन्यवाद दिएका छन् ।

नेपालले राष्ट्र संघको सदस्य मुलुक भएदेखि नै यसका विभिन्न निकायहरुमा सहभागिता जनाउँदै आएको छ ।

सुरक्षा परिषद्को अस्थायी सदस्य राष्ट्र समेत बनिसकेको नेपालले विश्वमा मानवअधिकारको रक्षा, प्रवद्र्धन र शान्ति स्थापनार्थ पचासौं हजार नेपाली सेनालाई परिचालन गरिसकेको छ ।

अहिले पनि राष्ट्र संघको नेतृत्वमा विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकमा ५ हजार ६ सय ५८ नेपाली सुरक्षाकर्मी तैनाथ छन् । शान्ति सेना पठाउने मध्ये विश्वको चौथो स्थानमा नेपाल रहेको छ ।

नेपालको भूमिकाको मूल्यांकन गर्दै १५० सदस्य राष्ट्रहरुले मानवअधिकार परिषद्‍मा पुनः निर्वाचित गर्न सहयोग गरेका छन् । यसबाट अन्तराष्ट्रिय कुटनीतिमा नेपालको भूमिका कमजोर नरहेको बुझ्न सकिन्छ ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : ३५ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा