३ पुस २०८२, बिहिबार | December 19, 2025

आईपीएल २०२० : राजस्थानलाई १३ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो



काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।

दिल्लीले सन्दीपलाई भने खेलाएको छैन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा २ हार र ६ जितसहित १२ अंक भएको छ । राजस्थान भने ८ खेलमा ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ६ : ४३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको