२० बैशाख २०८१, बिहिबार | May 2, 2024

२ वर्ष देखि प्रहरीको भेषमा ‘हप्ताअसुली’ गरिरहेका एकजना प्रहरीको फन्दामा



काठमाडौं । आफूलाई प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाका विभिन्न व्यवसायी लगायतका मानिसहरुबाट रकम असुल गरिरहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप खाँडादेवी गाउँपालिका-६ घर भएका काठमाडौं टोखा नगरपालिका-८ बाँनियाटार बस्ने २८ वर्षीय गोबिन्द खड्कालाई नक्कली प्रहरी बनेर रकम असुल गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने र हेण्ड वाकिटकी सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, नेमप्लेट लगाई रातको समयमा रात्रीकालीन व्यवसाय संचालन गर्ने स्थानहरुमा गई खड्काले व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको प्रहरीले आरोप लगाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-८ बाँनियाटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्काको साथबाट २ थान सञ्चार सेट, १ थान गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरू, २ जोर बुट, १ थान मतदाता परिचयपत्र, १ थान सिठि, बा ७८ प १६२ नम्बरको मोटरसाइकल, १ थान सवारी चालक अनुमति पत्र र ४ थान विभिन्न ब्राण्डको मोबाइल प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ११ : ०५ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका