१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

आईपीएल २०२० : ८ विकेटले बैंगलोर पराजित, पञ्जाबकाे जित



काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत युएईको शारजाह क्रिकेट स्टेडियममा बिहीबार राति खेलिएको खेलमा किङ्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ ।

जितका लागि प्राप्त १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै हालिस गरेको हो । केएल राहुल र क्रिस गेलको आक्रामक ब्याटिङका सामु बैंगलोरका बलरहरु निरिह भएका थिए ।

यो जितका साथ पञ्जाबले लगातार हारको सिलसिला पनि तोडेको छ । यो खेलसँगै पञ्जाबको अंक बढेर ४ भएको छ, तर पञ्जाब अझै अंक तालिकाको पुछारमा छ ।

हारका बाबदुद पनि बैंगलोर भने अंक तालिकामा तेस्रो स्थानमा कायम छ ।पञ्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहँदै ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रनको योगदान दिए । गेलले आइपिएलको यो  सिजनमा पहिलो खेल खेलेका हुन् । यस्तै मायांक अग्रवालले ४५ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ४७ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका