३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

हुम्लाको सर्केगाड गाउँपालिका ८० प्रतिशत बालबालिकालाई खोप लगाइयो



सिमकोट । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।

छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । बिहीबार र शुक्रबार सञ्चालन भएको गोष्ठीमा गाउँपालिकाका छ स्वास्थ्य संस्थाले वर्षभरि गरेका कामको छलफल गरिएको थियो ।

गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्या, नियमित बालबालिकामा लगाइने खोप, औषधि पुगनपुग लगायत विषयको समीक्षा गरीएको रिप स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रसिंह कार्कीले बताए ।

नेपाल सरकारको नियमअनुसार ९० प्रतिशत बढी बालबालिकालाई खोपको पहुँचमा पुु्‍र्या‍उनुपर्ने भए तापनि भौगोलिक विकटताका कारण समयमै औषधि नपुगेकाले सोचअनुरुप हुन नसकेको उनले बताए । माग फारामअनुसार औषधि र खोप नपुग्नु, ढुवानीलगायत समस्याका कारण लक्ष्यसम्म पुग्न नसकिएको जनाइएको छ ।

पछिल्लो समय स्वास्थ्यचौकीमा प्रसूति गराउनेको सङ्ख्यामा समेत वृद्धि भएको छ । यातायातको असुविधा र अन्य विविध समस्या भए पनि सोही पालिकाका सायाँ, रिप, उनापानी, जैरलगायत गाउँका प्रायः महिला स्वास्थ्य संस्थामा आएर प्रसूति हुने गरेको कार्कीले बताए ।

भौगोलिक विकटताका कारण समयमै खोप नपुग्नु, जनचेतनाको अभाव, स्थानीय तहले प्रभावकारी भूमिका नखेल्नु र चासो नदिएका कारण सोचेअनुरुप काम गर्न नसकिएको कार्कीले गुनासो गरे । रासस

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : २० बजे

आजको मौसम : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू-भाग

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको