६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

वीरगन्जको गणेश अपार्टमेण्टबाट २३ किलो सुन बरामद



वीरगञ्ज । प्रहरीले वीरगञ्जको रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका(५,मा छापा मारेर २३ किलो बढी सुन बरामद गरेकोको हो ।

प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान [८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको पर्सा प्रहरीले जानकारी दिएको छ । प्रहरीले ६८१ ग्राम बराबरको सुनका गरगहना पनि बरामद गरेको छ ।

प्रहरीले २३ किलोभन्दा बढी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले पुष्टि गरेकी छिन् ।

प्रहरीका अनुसार अपार्टमेण्टबाट २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद गरेको छ ।

बिशेष सुचनाका आधारमा अपार्टमेण्ट पुगेको प्रहरीले स्थानीय स्थानीय सामाजिक ब्यक्तिहरुको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खानतलासी गरेर सुन र चाँदी बरामद गरेको थियो। प्रहरीको सुन चाँदीको मालिक पक्राउ गर्ने योजना भने असफल भएको छ । मालिक ढुकेर बसेको प्रहरी मध्य दिउँसो सम्म अपार्टमेण्टमा कोहि नआएपछि स्थानीय ब्यक्तिको रोहबरमा खानतलासी सुरु गरेको थियो ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ४ : २९ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र