२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

वीरगन्जको गणेश अपार्टमेण्टबाट २३ किलो सुन बरामद



वीरगञ्ज । प्रहरीले वीरगञ्जको रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका(५,मा छापा मारेर २३ किलो बढी सुन बरामद गरेकोको हो ।

प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान [८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको पर्सा प्रहरीले जानकारी दिएको छ । प्रहरीले ६८१ ग्राम बराबरको सुनका गरगहना पनि बरामद गरेको छ ।

प्रहरीले २३ किलोभन्दा बढी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले पुष्टि गरेकी छिन् ।

प्रहरीका अनुसार अपार्टमेण्टबाट २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद गरेको छ ।

बिशेष सुचनाका आधारमा अपार्टमेण्ट पुगेको प्रहरीले स्थानीय स्थानीय सामाजिक ब्यक्तिहरुको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खानतलासी गरेर सुन र चाँदी बरामद गरेको थियो। प्रहरीको सुन चाँदीको मालिक पक्राउ गर्ने योजना भने असफल भएको छ । मालिक ढुकेर बसेको प्रहरी मध्य दिउँसो सम्म अपार्टमेण्टमा कोहि नआएपछि स्थानीय ब्यक्तिको रोहबरमा खानतलासी सुरु गरेको थियो ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ४ : २९ बजे

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको