७ आश्विन २०८३, बुधबार | September 23, 2026

विराटनगरमा चार जना कोरना संक्रमितको मृत्यु



विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा थप चार जना संक्रमितको मृत्यु भएको छ ।
गएरातिदेखि सोमबार बिहान ३ जना र गएराति एक जनाको अलगअलग अस्पतालमा चारजनाको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज २७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको नोवल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।

यसैगरी ग्रामथान–का एक पुरुषको पनि नोवल अस्पतालमै आइतबार राति मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा असोज २९ गते कोरोना पुष्टि भएको नोबेल अस्पतालले जनाएको छ ।

यस्तै, पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराउँदा गत असोज २२ गते पोजेटिभ आएका उनको सोमबार बिहान मृत्यु भएको छ । ती पुरुषलाई मिर्गौलासम्बन्धी रोग थियो ।

यसैगरी विराटनगर महानगरपालिका–२ की ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

प्रदेश १ मा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ५२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११