२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

बीआरआई परियोजना कार्यान्वयन गर्न ढिला नगरौं : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट भएका आयोजनाहरुलाई कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

‘महामहिम सि चिनफिङको भ्रमणका बेला हस्ताक्षर भएर आदान–प्रदान भएका २० वटै सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कूटनीतिक महत्व छ। त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबीच भएको समझदारी विशेष महत्वको छ’, उनले भने ‘यसबाट नेपालले लामो समयदेखि रेलसँग जोडिनका लागि देखेको सपनामात्र साकार हुने छैन, हाम्रो छिमेकी चीनको वैभव र उच्च आकांक्षालाई पनि एकसाथ विश्वसामु उजागर गर्नेछ।’

कोभिड–१९ को महामारीले केही विलम्ब भएकोतर्फ चर्चा गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले दुवै देशका सरकारले सम्झौता गरेका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाउन समर्थ हुने विश्वास व्यक्त गरे।

सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बिआरआईले अघि सारेका आयोजनाहरूको सफलताले विशेष महत्व राख्ने तिमिल्सिनाले जोड दिए ।

नेपाल भ्रमणका क्रममा गत वर्ष चिनियाँ राष्ट्रपतिसँग भएको भेटघाटको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच भएको ट्रान्स–हिमालय कनेक्टिभिटी सम्बन्धी सम्झौताले दुई देशका साझा सरोकारलाई सम्बोधन गर्नेमा शंका नरहेको बताए ।

नेपाल विकास–निर्माणको अभियानमा हिड्न होइन, दौडिन चाहेको भन्दै अध्यक्ष तिमिल्सिनाले आर्थिक र सामाजिक रुपान्तरणमा नेपालले चीनको प्रगतिबाट सिक्न र सहकार्य गर्न चाहेको बताए ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सन्देश पनि सुनाएका थिए ।

कार्यक्रममा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाका साथै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता प्रकाश शरण महत, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सम्बोधन गरेका थिए ।

त्यस्तै चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले बोलेका थिए ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवका अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलन आयोजना गरेको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : ११ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५