२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बैंकहरुमा जोखिम बढेपछि घर घरमा सामाजिक सुरक्षाभत्ता



बर्दिया । सामाजिक सुरक्षा भत्ता लिन बैंक जानु पर्ने र बैंक कोरोना कहरका कारण अत्यन्त जोखिमयुक्त स्थान बनेपछि बर्दियाको मधुवन नगरपालिका वडा नं ६ ले घर घरमा सामाजिक सुरक्षा भक्ता वितरण गरेको छ । घर मै सामाजिक सुरक्षाभत्ता पाएपछि जेष्ठ नागरीकहरु हर्षित भएका छन् ।

कोरोनाकहरको बेलामा बैंकमा लाईन बसेर सामाजिक सुरक्षाभत्ता लिन जेष्ठ नागरीक एकल महिला अपाङ्गता भएका व्यक्तीहरुलाई सहज होस भने सामाजिक सुरक्षाभत्ता वितरण गरीएको वडाध्यक्ष भक्तबहादुर सुनारले बताए ।

बैंक सँग समन्वय गरी वडा कार्यालयले घर मै गई सामाजिक सुरक्षाभत्ता वितरण गरेको अध्यक्ष सुनारले जानकारी दिए । उनले बैंक र वडा कार्यालयमा सबै भत्ता लिनआउँदा भिड भाड बढ्ने र जेष्ठ नागरीकहरु असुरक्षितहुने हुँदा घर घर मै भत्ता पुर्याएको बताए । उनले भने –‘हामीले स्वास्थ्य मापदण्ड पुरा गरेर भत्ता बाँडिरहेका छौँ । सबै जना घर मै बसेर दशैँ मनाउनहुन अनुरोध गर्दछौँ ।’

घरमै भत्ता पाएपछि मधुवन नगरपालिका ६ का ७५बर्षिय पदमबहादुर गौतमले कोरोनाको कहरको बेलामा बैंकमा जान जोखिम भएको बताए । उनले भने –‘यस्तो बेलामा घरमै भत्ता ल्याईदिनु भएको छ खुसी छु ।’ ५५ बर्षिया एकल महिला तारावती घलेले संकटको बेलामा घर मै भत्ता ल्याएकोमा खुसी व्यक्त गरिन् । उनले वडा कार्यालयले यसरी नै सँधै भत्ता ल्याई दिएमा अशक्त र जेष्ठ नागरीकलाई सहज हुने बताईन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : १९ बजे

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत