२ पुस २०८२, बुधबार | December 18, 2025

भेरी अस्पताल परिसरमा २० रुपैयाँमा पेटभरी खाना, विपन्न विरामी र कुरुवालाई राहत



नेपालगन्ज । गरिव र असहाय वर्गलाई लक्षित गरि नेपालगन्जको भेरी अस्पताल परिसरमा २० रुपैयाँमा पेटभरी खानाको व्यवस्था गरिएको छ । अस्पतालमा आउने विरामी, विरामीका कुरुवा तथा विपन्न व्यक्तिलाई लक्षित गरी २० रुपैयामा एक छाक खाना पाउने व्यवस्था गरिएको हो ।

सुन्दरकाण्ड मित्र मण्डलले नेपालगन्ज उपमहानगरको सहकार्यमा २० रुपैयाँ छाक खानाको ब्यवस्था गरेको हो । हाललाई बिहान १० बजेदेखि १ बजेसम्म २० रुपैयामा एक छाक खाना खुवाउने कार्य सुरु गरिएकोमा दुई छाक नै खाना खुवाउने ब्यवस्था मिलाउन सेवा लिएका सेवाग्रहीले आग्रह गरेका छन् । २० रुपैयाँ छाक खानाको उदघाटन गर्न पुगेका नेपालगन्ज उपमहानगरका नगर प्रमुखले पनि दुबै छाक खाना खुवाउने कार्ययोजना बनाउन सुन्दरकाण्ड मित्र मण्डललाई आग्रह गरेका थिए ।

भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको तथा अस्पतालमा आउने विरामीहरुमा अधिकाँस न्युन आय भएका वित्पन्न वर्गका सर्वसाधारण रहने गरेका छन् । अस्पताल परिसरमा अत्यन्तै न्यून दरमा स्वस्थकर र ताजा खाना खुवाउने कार्यकोे सुरुवात हुनु सराहनिय कार्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

संकटका बेला गरिव तथा असहायलाई सस्तो मुल्यमा खाना खुवाउन पाउँदा संस्थाले गौरव महसुस गरेको सुन्दरकाण्ड मण्डलीका संयोजक विजय कुमार गुप्ताले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : ५४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल