१ चैत्र २०८२, आइतबार | March 15, 2026

भेरी अस्पताल परिसरमा २० रुपैयाँमा पेटभरी खाना, विपन्न विरामी र कुरुवालाई राहत



नेपालगन्ज । गरिव र असहाय वर्गलाई लक्षित गरि नेपालगन्जको भेरी अस्पताल परिसरमा २० रुपैयाँमा पेटभरी खानाको व्यवस्था गरिएको छ । अस्पतालमा आउने विरामी, विरामीका कुरुवा तथा विपन्न व्यक्तिलाई लक्षित गरी २० रुपैयामा एक छाक खाना पाउने व्यवस्था गरिएको हो ।

सुन्दरकाण्ड मित्र मण्डलले नेपालगन्ज उपमहानगरको सहकार्यमा २० रुपैयाँ छाक खानाको ब्यवस्था गरेको हो । हाललाई बिहान १० बजेदेखि १ बजेसम्म २० रुपैयामा एक छाक खाना खुवाउने कार्य सुरु गरिएकोमा दुई छाक नै खाना खुवाउने ब्यवस्था मिलाउन सेवा लिएका सेवाग्रहीले आग्रह गरेका छन् । २० रुपैयाँ छाक खानाको उदघाटन गर्न पुगेका नेपालगन्ज उपमहानगरका नगर प्रमुखले पनि दुबै छाक खाना खुवाउने कार्ययोजना बनाउन सुन्दरकाण्ड मित्र मण्डललाई आग्रह गरेका थिए ।

भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको तथा अस्पतालमा आउने विरामीहरुमा अधिकाँस न्युन आय भएका वित्पन्न वर्गका सर्वसाधारण रहने गरेका छन् । अस्पताल परिसरमा अत्यन्तै न्यून दरमा स्वस्थकर र ताजा खाना खुवाउने कार्यकोे सुरुवात हुनु सराहनिय कार्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

संकटका बेला गरिव तथा असहायलाई सस्तो मुल्यमा खाना खुवाउन पाउँदा संस्थाले गौरव महसुस गरेको सुन्दरकाण्ड मण्डलीका संयोजक विजय कुमार गुप्ताले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : ५४ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको