१७ फाल्गुन २०८२, आइतबार | March 2, 2026

आईपीएल २०२० : हैदराबादमाथि पञ्जाबकाे राेमाञ्चक जित



काठमाडाैं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग  (आईपीएल) २०२० मा किङ्स इलावेन पञ्जाब विजयी भएकाे छ ।

शनिबार राति भएकाे खेलमा पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनकाे राेमाञ्चक जित हात पारेकाे हाे ।

१ सय २७ रनकाे सामान्य लक्ष्य पाएकाे हैदराबादले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्र बनाउन सक्याे । डेविड वार्नरले पहिलाे विकेटका लागि जाेनी बेइस्ट्राेसँग ५६ रनकाे साझेदारी गर्दै राम्राे सुरूवात दिलाए पनि मध्य तथा तल्लाे क्रमका ब्याट्सम्यानहरू नचल्दा पराजित हुन पुग्याे । वार्नर ३५ तथा बेइस्ट्राे १९ रनमा आउट भए ।

यसैगरी, विजय शंकरले २६, मनिष पाण्डेले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंकमा रन जाेड्न सकेन । हैदराबादलाई सस्तैमा समेट्ने क्रममा पञ्जाबका क्रिस जाेर्डन र अर्शदीप सिंहले ३-३ तथा रवि बिस्नाेइ, मुरूगन अश्विन र माेहम्मद शामीले एक/एक विकेट लिए ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेकाे पञ्जाबले १ सय २६ रन बनाएकाे थियाे । पहिलाे विकेटका लागि ३७ रनकाे साझेदारी गरेकाे लाेकेश राहुल र मन्दीप सिंहले कमशः २७ तथा १७ रनमा आउट भए ।

यसैगरी, निकाेलास पूरनले नटआउट ३२, क्रिस गेलले २० तथा ग्लेन म्याक्सवेलले १२ रनकाे याेगदान दिए । पञ्जाबलाई कम स्काेरमा राेक्ने क्रममा राशिद खान, ज्यासन हाेल्डर र सन्दीप शर्माले समान २/२ विकेट लिए ।

जितसँगै पञ्जाब अंक तालिकाकाे पाँचाै स्थानमा उक्लिएकाे छ । पञ्जाबले ११ खेलबाट १० अंक जाेडेकाे छ भने हैदरबाद ८ अंकसहित छैटाैं स्थानमा रहेकाे छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : १६ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका