१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अनिष्ट हुने त्रासले जमरा राख्दैनन माझी समुदाय



बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दसैंको रौनक छ ।  कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो ।

विसं २०४८ तिर बागलुङ-पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।

विस्थापित परिवारका पुस्तौंपुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दसैंमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दसैंको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।

दसैंका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा घटस्थापनामा राख्‍ने चलन भने छैन । “हाम्रा परम्परा यस्तै हो भन्ने किंवदन्ती छ, मैले जान्‍ने भएदेखि जमरा घरमा राखिएको छैन, मागेर लगाउने चलन छ,” माझी बस्तीका ३३ वर्षीय कृष्ण माझीले भने । आफू जान्नेबुझ्‍ने भएदेखि दसैंको टीका लगाए पनि जमरा राखेको थाहा नभएको उनी बताउँछन् ।

माझी दसैंको दिन टीकाजमरा त लगाउँछन् तर जमरा मागेर । यस वर्ष दसैंमा पनि खनियाबासको माझी समुदायले कसैका घरमा झमरा राखेका छैन । माझी समुदायमा परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् । माझी समुदायमा अन्यत्र बस्‍नेले भने जमरा राख्छन् । “माझी भए पनि हाम्रो माइत त जमरा राख्नुहुन्छ,” स्थानीयवासी फूलकुमारी माझीले भनिन्, खै कुन्नि किन हो, यहाँ त जमरा नराख्‍ने चलन रहेछ ।”

‘जिजुबाजेको पालामा त जमरा राख्थे रे, कुन्नि के हो नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ’,उनले थपिन्, ‘खनियाबास र मालढुंगामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन रैछ ।’

अर्काका घरबाट जमरा लिएर भए पनि लगाउने, मीठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजुबाजेका पालादेखि नै दसैंका लागि जमरा राख्‍न छाडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाइ छ ।

“जुन वर्ष जमरा राख्यो त्यस वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छाडिएको किंवदन्ती छ”, उनले भने, “वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे । दसैं मनाउन छाडिएन, त्यसका लागि जमरा चाहियो, अरुलाई मागेर भए पनि दशैं चाहिँ मनाइन्छ ।”

अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दसैंमा लगाउने गरेको छ । रासस

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : १० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान