१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुन्छ’



लन्डन । नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ युकेद्वारा ‘सम्पत्तीको सुरक्षा – नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिवार आयोजित वेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीहरुले नेपाली नागरिक सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेदभाव नहुने कुरामा जोड दिए।

१० वर्ष पहिलेसम्म पनि प्रमुख राजनीतिक दलका नेताहरु नै एनआरएनलाई नागरिकता दिनेबारे अनुदार रहे पनि अहिले संविधानमै त्यसको व्यवस्था भएको पोखरेलले स्पष्ट पारे। “त्यस यता नारायणी नदीमा धेरै पानी बगिसकेको छ । त्यसैले आउँदा दस वर्षमा तपाईंहरुका अरु कैयौं मागहरु पनि अवश्य सम्बोधन हुनेछन्,” पोख्रेलले भने।

ब्रिटिश सेनाबाट सेवा निवृत्त भएपछि हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुको नेपाली नगरिकताको निरन्तरताको विषयमा उठाएका प्रश्नहरुको जवाफ दिंदै सभापति पोख्रेलले गोर्खा सैनिकहरुले गर्दा नेपालको शिर ठाडो भएको बताए।

“गोर्खा भूपू गोर्खा सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिँदा नेपाललाई कुनै नोक्सान हुने म देख्दिन। संविधान संशोधनको क्रममा भूपू गोर्खा सैनिकहरुका लागि छुट्टै व्यवस्था गर्न सकिन्छ, छलफल गरौँ, ” पोख्रेलले भने।

एनआरएनएको नागरिकता निरन्तरता समितिका केन्द्रीय संयोजक तथा उपाध्यक्ष सोनाम लामाले एनआरएनहरुको गैरआवासीय नेपाली नागरिकता सुरक्षित रहेको भन्दै त्यसबारे आशंका नगर्न आग्रह गरे। नेपालको संविधान संशोधन गरेर भए पनि गोर्खा सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिन उनले आग्रह गरे ।

एनआरएनएका केन्द्रीय महासचिव डा हेम राज शर्माले एनआरएनएको स्थापना यता नेतृत्वले गरेको लगातार प्रयासका कारण मात्रै अहिलेको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राख्न सम्भव भएको बताए। महासचिव शर्माले नयाँ ऐनमा एनआरएनहरुले नेपालमा गएर काम गर्न पाउने कि नपाउने भन्ने स्पष्ट नभएको बताउँदै यस बारे छलफल जारी रहेको बताए।

“गैर आवासीय नेपाली नागरिकता तीन पुस्ता पछि के हुने भन्ने स्पष्ट छैन, त्यो कुरा कानूनमै स्पष्ट होस् भन्ने हाम्रो भनाइ छ,” शर्माले भने। लोकप्रियता भन्दा पनि पाएको अधिकारलाई सुरक्षित गर्न जरुरी छ भन्दै महासचिव शर्माले गोर्खा र गैर-गोर्खा नभनेर संयुक्तरुपमा नागरिकता अभियानमा जुट्न आग्रह गरे।

गोर्खाज सरोकार समितिका संयोजक अनररी लेफ्टिनेन्ट (री) चन्द्रबहादुर गुरुङले नेपाललाई संसारभर चिनाउने प्रतिकको रुपमा रहेका गोर्खा सैनिकहरुलाई नेपाल सरकार र नेताहरुले बेवास्ता गरेको आरोप लगाए। सुगौली सन्धिको आधारमा नै गोर्खा सैनिकहरु बेलायत आएकाले उनिहरुको नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने उनले माग गरे।

एनआरएनए युकेकी अध्यक्ष पूनम गुरुङले एनआरएन नागरिकताको विषय ५०/६० लाख गैरआवासीय नेपालीहरुको सरोकारको विषय भएको बताउंदै भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने अहिले समय आएको बताइन्। उनले नेपालमा प्रजातन्त्र पुनर्स्थापना भए पछि बनेका सरकारहरु अनुदार रहेको भन्दै गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरताका लागि एनआरएन युकेले सरोकारवालाहरुसँग पैरवी गरिरहेको बताइन्।

एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको सभापति पोख्रेलले जवाफ दिएका थिए।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : २९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान