१ चैत्र २०८२, आइतबार | March 15, 2026

लमजुङमा पिङ संस्कृति हराउँदै



लमजुङ । नेपाली हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ ।

लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ । झन् यस वर्ष कोभिड-१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन ।

विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौँ दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्यो । विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ ।

वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ । आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ ।

दोर्दी गाउँपालिकाका बुद्धिमान श्रेष्ठले भने, ‘दशैंका बेला यहाँ केही वर्षसम्म लिङ्गेपिङ गाउँगाउँमा राखिन्थ्यो, खेलिन्थ्यो । त्यति मात्रै नभई प्रायःजसोका घरघरमा समेत बाबियोको डोरी बनाएर पिङ हालेर खेल्दै आयौँ तर अहिले घरघरमा त के, गाउँमै पिङ लोप हुन थालेको छ ।’

यस वर्ष कोभिड-१९ ले गर्दा पिङ हालेर भीडभाडसमेत गर्न नहुने भएकाले चाहना भएर स्थानीयवासीले पिङबाट मनोरञ्जन गर्न नसकेको उनको भनाइ छ । प्रत्येक वर्ष दशैँतिहारमा पिङ हाली खेलेर हुर्कँदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा राइनास नगरपालिकावासी चिन्ता गर्छन् ।

विगतमा वर्षेनी दशैंँतिहारमा लिङ्गे तथा रोटेपिङ हालेर खेल्ने खेलाउने गरिए तापनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको बेँसीशहर नगरपालिका-३ गाउँशहरका बासिन्दा बताउँछन् । स्थानीयवासी सुरेश श्रेष्ठका अनुसार गाउँलेले पिङ हाल्दै आए पनि रोटेपिङ निर्माण गर्नका लागि धेरै समय र खर्च, आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ ।

गाउँशहरमा रहेको लमजुङ दरबारनिर वर्षेनी हालिँदै आएको रोटेपिङ गत वर्षदेखि निर्माण भएको छैन । यस वर्ष पिङ हाल्ने स्थानीयवासीको सोच भए पनि कोभिड-१९ का कारण पिङ नबनाइएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा केही दिनअघि एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरिएपछि जिल्लाबासीले पिङ निर्माणप्रति चासो दिएनन् । रासस

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १० : २४ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको