३० माघ २०८१, बुधबार | February 12, 2025

संविधानसभाका सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु



सप्तरी । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ ।

सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए ।

घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उहाँलाई बिपी प्रतिष्ठान लगिएको थियो ।

सोही दिन उनको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेशनमा उपचारकै क्रममा उहाँको आज मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालिन नेकपा माओवादीबाट निर्वाचित भएका थिए ।

यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ४ : ३९ बजे

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको