५ पुस २०८२, शनिबार | December 20, 2025

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु



बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।

भारतीय सिमानासँग जोडिएको बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गरी भारतीय वनमा लगि मारेको स्थानीयले बताएका छन् ।

सांकेतिक तस्वीर

बाघको आक्रमणमा परि मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ३ बस्ने २७ वर्षीय दिनेश थारु र सोही ठाउँ बस्ने २६ वर्षीय रमेश चौधरी रहेका छन् ।

धनौराको बेलझुण्डी सामुदायिक वनमा दिनेश चौधरी करिब १० बजे तिर च्याउ खोज्न गएका थिए । उनलाई सोही समयमा बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । उनी घर नफर्किएपछि खोज्न जाँदा रमेश चौधरीलाई समेत बाघले आक्रमण गरेको मधुवन नगरपालिका वडा न. ३ का वडाध्यक्ष नारायण मल्लले बताए । मल्लले नेपालको सामुदायिक वनमा बाघले आक्रमण गरी भारतको ८१ नं पिल्लर देखि ५ सय मिटरभित्र सम्म पुर्याएको बताए ।

केही दिन अघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन नगरपालिका–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको मृत्यु भएको थियो । यस्तै केही महिना पहिले बाघको आक्रमणबाट सोही ठाउँमा एक बालकको मृत्यु भएको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भारतको सिमावर्ती क्षेत्रमा भएको बाघले पटक पटक आक्रमण गरी मानिस मारेको बताए । अधिकारीले भने –‘नरभक्षि बाघ भएको हुन सक्ने भएकोले हामी तत्काल बैठक बसेर त्यसको व्यवस्थापनका लागि पहल गर्छौ ।’

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ५५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता