१७ फाल्गुन २०८२, आइतबार | March 2, 2026

आईपीएल २०२० : हैदराबादद्वारा दिल्लीमाथि ८८ रनको शानदार जित



काठमाडौं । युएइमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको हो ।

प्लेअफमा पुग्नलाई जित्नै पर्ने दवामा रहेको हैदराबादले दिल्लीमाथि जित हात पार्दै छैटौं स्थानमा उक्लिएको छ भने दिल्लीले अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

२ सय २० रनको विशाल लक्ष्य पच्छाएको दिल्लीले १ सय ३१ रन मात्र बनाउँन सक्यो । निरन्तरको अन्तरालमा विकेट गुमाएका दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३६ रन, अजिङ्क्य रहानेले २६ र शिम्रोन हिटमेयरले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

पहिलाे ओभरको तेस्रो बलमा शिखर धवनलाई शून्य रनमा गुमाएको दिल्लीले दोस्रो ओभरको अन्तिम बलमा मर्कूस स्टोइनिसलाई व्यक्तिगत पाँच रनमा विकेटको रुपमा गुमाए । यस्तै, तेस्रो विकेटका लागि रहानेसँग ४० रनको साझेदारी गरेका शिम्रो हिटमेयर पनि १६ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए ।

राशिद खानको सोही ओभरमा रहाने पनि एलबिडब्यु धरापमा परे । उनले आउट हुनअघि एक छक्का र ३ चौकाको मद्धतमा २६ रन बनाएका थिए । यसैगरी, दिल्लीको स्कोर ७८ रन हुँदा आधा खेलाडी आउट भइसकेका थिए । दिल्लीका कप्तान श्रेयास आयर ७ रनमा आउट भए । त्यसको लगात्तैकाे ओभरमा राशिद खानकै बलमा अक्षर पटेल १ रनमा प्रियम गार्गको हातबाट क्याच आउट भए ।

यस्तै, कगिसो रबडा ३, रविचन्द्रन अश्विन ७ तथा तुशार देशपाण्डे २० रनमा नटआउट रहे । दिल्लीलाई सस्तैमा समेट्ने क्रममा हैदराबादका राशिद खानले ३, सन्दीप शर्मा र टी नटराजनले समान २-२ विकेट तथा शाहबाज नदीम, विजय शंकर तथा ज्यासन हाेल्डरले एक-एक विकेट लिए ।

आजकाे खेलमा ४ ओभरमा ७ रन दिएर तीन विकेट लिएका राशिद खानले दिल्लीविरुद्धकाे दुई खेलमा ६ विकेट लिएका छन् । उनले पहिलो चरणको खेलमा चार ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए । यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

राम्रो शुरुवात गरेको हैदराबादले पहिलो विकेटका लागि ऋद्धिमान साह र डेविड वार्नरले १ सय ७ रनको शतकीय साझेदारी गरेका थिए । साहले ४५ बलमा २ छक्का र १२ चौकाको मद्धतमा ८७ तथा वार्नरले ३४ बलमा २ छक्का र ८ चौकासहित ६६ रन बनाए ।

यसैगरी, मनिष पाण्डे र केन विलियम्सनले नटआउट ४४ तथा ११ रनको योगदान दिए । दिल्लीका एनरिच नोर्ट्जे र रविचन्द्रन अश्विनले समान एक-एक विकेट लिए । प्लेअफमा पुग्नका लागि संघर्ष गरिरहेकाे हैदराबादले दिल्लीमाथि ८८ रनकाे जितसँगै १२ खेलबाट १० अंकसहित तालिकाकाे छैटाैं स्थानमा उक्लिएकाे छ ।

समान १० अंक भएपनि राजस्थान राेयल्स रनरेटकाे आधारमा हैदराबादभन्दा पछि परेकाे हाे । पराजित दिल्ली भने प्लेअफमा पुग्नलाई अर्काे खेलसम्म पर्खनु पर्ने भएकाे छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : २९ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका