१७ फाल्गुन २०८२, आइतबार | March 2, 2026

आईपीएल २०२० : पञ्जाबमाथि राजस्थान ७ विकेटले विजयी हुँदै पाँचाैं स्थानमा उक्लियाे



काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ । शुक्रबार राति सम्पन्न भएको खेलमा राजस्थानले किङ्स इलावेन पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ८६ रनकाे लक्ष्य पछ्याएकाे राजस्थानले १७.३ ओभरमा पुरा गर्दै ७ विकेटकाे जित हासिल गरेकाे हाे । राजस्थानका लागि बेन स्ट्राेक्स र राेबिन उथप्पाले पावरप्लेकाे ५.३ ओभरमा ६० रनकाे उत्कृष्ट साझेदारी गरे । स्ट्राेक्सले ५० तथा उथप्पाले ३० रन बनाए ।

यस्तै, सञ्जु सामसनले ४८ तथा स्टेभन स्मिथ र जाेस बट्लरले नटआउट ३१ तथा २२ रनकाे पारी खेले । यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेल (युनिभर्सल बोस) ले ९९ रनको सर्वाधिक पारी खेले । गेल शतक प्रहार गर्नबाट एक रनले चुके ।

पञ्जाबको सुरुवात भने खराब रह्यो । पहिलो ओभरमै ओपनर मन्दीप सिंह शून्य रनमा जोफ्रा आर्चरको बलमा बेन स्ट्रोक्सद्वारा क्याच आउट भए । लोकेश राहुलले क्रिस गेलसँग १ सय २० रनको शतकीय साझेदारी गर्दै टोलीको स्कोर १ सय २१ रनसम्म पुर्याए । राहुुले आउट हुनअघि ४१ बलमा दुई छक्का र ३ चौकासहित ४६ रन जोडे ।

यसैगरी निकोलस पूरनले १० बलमा २२ रन, ग्लेन म्याक्सवेलले नटआउट ६ तथा दीपक हूडाले १ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र बेन स्ट्रोक्सले समान २-२ विकेट लिए ।

पञ्जाबमाथि जित हात पार्दै राजस्थान अंक तालिकाकाे पाँचाैं स्थानमा उक्लिएकाे छ । १३ खेलबाट समान १२ अंक भएपनि रनरेटका आधारमा पञ्जाब चाैथाे, राजस्थान पाँचाैं र काेलकाता छैटाैं स्थानमा रहेकाे छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ६ : ४१ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका