१ माघ २०८१, मंगलबार | January 14, 2025

आजबाट आकाशदीप दान, कात्तिक स्नान र तुलसी पूजा सुरु



काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने आकाशदीपदान, कार्तिक स्नान, एवं तुलसीको विशेष पूजाराधना आजदेखि सुरु गरिँदैछ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको अध्यक्ष धर्मशास्त्रविद् गौतमले बताए । रासस

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : १८ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती