४ जेष्ठ २०८२, आइतबार | May 18, 2025

तपाईँ चढेको सार्वजानिक सवारी साधनमा भाडादरको मुल्य-सुचि टाँसेको छ ? छैन भने १०३ मा फोन गर्नुहोुस्



काठमाडौँ । तपाई चढेको गाडीमा तपाई पुग्ने गन्तब्य सम्मको भाडादर खुलेको सुचना नटाँसेको भए अव ढुक्क हुनुहोस् अव त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले खोजि खोजि कारवाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार देखि यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।

भाडादरको सुचना टाँसेनटाँसेको अनुगमन गर्न निस्केको ट्राफिक प्रहरीको टोलिले शुक्रवार मात्र ४२९ वटा सवारी साधनहरूमा भाडादरको सुचना टाँसेको महानगरिय ट्राफिक महाशाखाले जनाएको ।

सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए ।

यात्रुवाहक सवारीसाधनले प्रचलित तोकेको भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको भन्दै काठमाडौ उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : २७ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म