७ आश्विन २०८३, बुधबार | September 23, 2026

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

टिकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ६० बर्षीय पुरुषको गएराती उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या आएपश्चात गत १४ गते भेरी अस्पतालको प्रि आइसोलेसन युनिटमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणको आशंकामा सोही दिन निजको स्वाब पिसिआर परीक्षणका लागि पठाइएकोमा १५ गते कोरोना पोजेटिभ देखिएपछि कोभिड-१९ वार्डमा भर्ना गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

उनको उपचारको क्रममा मध्यराती १ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

योसंगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आइ मृत्यु हुनेको संख्या २० पुगेको छ ।

मृतकको शव ब्यवस्थापनका लागि समन्वय भैरहेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ४३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज