नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
टिकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ६० बर्षीय पुरुषको गएराती उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
ती पुरुषलाई स्वास्थ्यमा समस्या आएपश्चात गत १४ गते भेरी अस्पतालको प्रि आइसोलेसन युनिटमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमणको आशंकामा सोही दिन निजको स्वाब पिसिआर परीक्षणका लागि पठाइएकोमा १५ गते कोरोना पोजेटिभ देखिएपछि कोभिड-१९ वार्डमा भर्ना गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
उनको उपचारको क्रममा मध्यराती १ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
योसंगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आइ मृत्यु हुनेको संख्या २० पुगेको छ ।
मृतकको शव ब्यवस्थापनका लागि समन्वय भैरहेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ ।
प्रतिक्रिया