२७ असार २०८२, शुक्रबार | July 11, 2025

सेती प्रादेशिक अस्पतालको आइसोलेशन कक्ष रित्तियो



कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा उपचाररत कोराना सङ्क्रमित उपचार भई सबै जना डिस्चार्ज भएपछि हाल आइसोलेशन वार्ड खाली भएको छ ।

प्रादेशिक अस्पतालमा ८० जना कोरोना सङ्क्रमित उपचार भएर डिस्चार्ज भएपछि साउन ६ गतेदेखि आइसोलेशन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनले सङ्क्रमित र शङ्कास्पद गरी १७३ जना अस्पतालको आइसोलेशनमा भर्ना भएका र उपचारपछि सबै डिस्चार्ज भइसकेको बताए ।

सरकारले होम आइसोलेशनमा बस्न पाउने निर्देशिका बनाएसँगै सम्बन्धित स्थानीय तहले पनि आआफ्नो ठाउँमा क्वारेन्टिन तथा आइसोलेशन निर्माण गरेपछि बिरामी आफ्नो पायक पर्ने स्थानमा गई उपचार गराउने भएकाले प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित घटेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जटिल किसिमका समस्या आएमा मात्र अस्पतालमा उपचारका लागि आउने र जटिल अवस्था पनि छैन, लक्षण पनि देखिएको छैन तर पोजेटिभ देखिएको छ भने बिरामी होम आइसोलेशन अथवा नजिकको स्थानीय निकायको आइसोलेशनमा बस्ने गरेकाले पनि सेतीमा सङ्क्रमित नथपिएको हुन सक्ने उनको भनाइ छ ।

प्रादेशिक अस्पतालको आइसोलेशनमा कैलाली, कञ्चनपुरलगायत प्रदेशका नौवटै जिल्लाका कोरोना सङ्क्रमित बिरामी रही उपचार गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै सेती प्रादेशिक अस्पतालअन्तर्गत रहने गरी धनगढीमा ५० श्ययाको छुट्टै कोरोना अस्पताल निर्माण गरेको थियो । रासस

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : २७ बजे

अन्तरराष्ट्रिय विमानस्थल अध्यागमनमा ‘नैतिक संहिता’ लागू, बाहिरिने यात्रुलाई ह्याब अ नाइस जर्नी भन्नैपर्ने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि

लुम्बिनीलाई युनेस्कोको सम्भावित खतराको सूचीबाट हटाइयो

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको

मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो