२८ आश्विन २०८३, बुधबार | October 14, 2026

सेती प्रादेशिक अस्पतालको आइसोलेशन कक्ष रित्तियो



कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा उपचाररत कोराना सङ्क्रमित उपचार भई सबै जना डिस्चार्ज भएपछि हाल आइसोलेशन वार्ड खाली भएको छ ।

प्रादेशिक अस्पतालमा ८० जना कोरोना सङ्क्रमित उपचार भएर डिस्चार्ज भएपछि साउन ६ गतेदेखि आइसोलेशन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनले सङ्क्रमित र शङ्कास्पद गरी १७३ जना अस्पतालको आइसोलेशनमा भर्ना भएका र उपचारपछि सबै डिस्चार्ज भइसकेको बताए ।

सरकारले होम आइसोलेशनमा बस्न पाउने निर्देशिका बनाएसँगै सम्बन्धित स्थानीय तहले पनि आआफ्नो ठाउँमा क्वारेन्टिन तथा आइसोलेशन निर्माण गरेपछि बिरामी आफ्नो पायक पर्ने स्थानमा गई उपचार गराउने भएकाले प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित घटेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जटिल किसिमका समस्या आएमा मात्र अस्पतालमा उपचारका लागि आउने र जटिल अवस्था पनि छैन, लक्षण पनि देखिएको छैन तर पोजेटिभ देखिएको छ भने बिरामी होम आइसोलेशन अथवा नजिकको स्थानीय निकायको आइसोलेशनमा बस्ने गरेकाले पनि सेतीमा सङ्क्रमित नथपिएको हुन सक्ने उनको भनाइ छ ।

प्रादेशिक अस्पतालको आइसोलेशनमा कैलाली, कञ्चनपुरलगायत प्रदेशका नौवटै जिल्लाका कोरोना सङ्क्रमित बिरामी रही उपचार गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै सेती प्रादेशिक अस्पतालअन्तर्गत रहने गरी धनगढीमा ५० श्ययाको छुट्टै कोरोना अस्पताल निर्माण गरेको थियो । रासस

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ६ : २७ बजे

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि ‘कन्तबिजोग’ खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको