४ पुस २०८२, शुक्रबार | December 19, 2025

मनाङमा थप पर्यटन पूर्वाधार विकास गरिदैं



मनाङ । संस्कृति, पर्यटन तथा उड्डनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गरेका छन् ।

काठमाडौंबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुगेका उनले तिलिचो स्वर्गको टुक्रा रहेको बताए । उनले स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रबद्र्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए । उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरेका छन् ।

सात सय ३५ रोपनी क्षेत्रफलको स्याउबारीबाट उत्पादित स्याउ हाल वर्षमा करीब पाँच लाख बिक्री गरिन्छ । केही वर्षपछि करीब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ । सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्वमा स्याउ प्रवद्र्धन भइरहेको जनाइएको छ ।

अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा रहेको मनाङ भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । उनिसँगै सांसद गुरुङ, प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रहरी नायब उपरीक्षक मेखबहादुरलगायत सहभागी थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भट्टराईको उपस्थिति तथा प्रतिनिधिसभा सदस्य एवं नेकपा गण्डकी प्रदेशका सदस्य एवं जिल्ला कमिटी मनाङका अध्यक्ष गुरुङको अध्यक्षतामा प्रथम पटक नेकपा मनाङ सचिवालय बैठक सम्पन्न भएको नेता चिन घलेले जानकारी दिए । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ०७ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता