४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

घुस मागेको आरोपमा दुई प्रहरी पक्राउ



जनकपुर । सेवाग्राहीबाट घुस लिएको आरोपमा प्रदेश नम्बर २ मा नेपाल प्रहरीका सई र सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेहरुमा सप्तरीका प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानु र महोत्तरीका सशस्त्र प्रहरी जवान उमेश चौहान रहेका छन् ।

सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सई कानु ५० हजार घुससहित पक्राउ परेका हुन् भने महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत चौहानलाई करिब १८ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।

उनीहरु दुबै घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ५३ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म