१ चैत्र २०८२, आइतबार | March 15, 2026

आजको मौसम : कतै सफा, कतै आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का बर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली हाललाई छैन । हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्र र प्रदेश न २ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यसैगरी देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुपश्चिम प्रदेशका एक, दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ४७ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना