२२ माघ २०८२, बिहिबार | February 5, 2026

माछापुच्छ्रे बैंकबाट कर्मचारी सञ्चयकोषको कर्जा तिर्न सकिने



काठमाडौ । माछापुच्छ्रे बैंकबाट कर्मचारी सञ्चयकोषको कर्जा तिर्न सकिने भएको छ ।

कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको हो । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ ।
यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ । यस अघि माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबिच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक  पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : १४ बजे

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल